सिमा–नाकामा कोरोना पुष्टि भएका काे यि अस्पतालमा हुन्छ निःशुल्क उपचार

सरकारले स्थल र हवाई मार्ग प्रयोग गरी नेपाल भित्रिने व्यक्तिमा कोरोना पुष्टि भए उपचारका लागि १४ अस्पताल छुटाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै १४ अस्पताललाई सुचीकृत गरेको जनाएको छ।

मन्त्रालयले भारतीय नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेक्समा कोरोना जाँच गर्ने र कोरोना पुष्टि भएमा सूचीकृत

अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाउन ती अस्पताललाई निर्देशन दिइएको छ।

मन्त्रालयले देशभरका नाकाको हेल्थडेक्सको संक्रमण पुष्टि भएका विभिन्न अस्पतालमा उपचार गर्ने जनाएको छ। जसअन्तर्गत प्रदेश १ मा मेची

अस्पताल, कोशी अस्पतालको अस्थायी कोरोना विशेष अस्पतालमा र इलाम अस्पतालमा छ।

त्यसैगरी, प्रदेश २ मा नारायणी अस्पताल, सिरहा अस्पताल र रौतहट अस्पतालमा उपचारको लागि तोकिएको छ।

त्यसैगरी, बागमती प्रदेशको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सिन्धुपाल्चोक अस्पताल र रसुवा अस्पतालमा उपचार गराउन सूचीकृत गरिएको छ।

लुम्बिनी प्रदेशको भीम अस्पताल, कपिलवस्तु अस्पताल र भेरी अस्पतालमा उपचार गराउने जनाएको छ।

यस्तै सुदूरपश्चिम प्रदेशको महाकाली अस्पताल र सेती प्रादेशिक अस्पताल तोकिएको छ।

स्वास्थ्य मन्त्रालयले सूचीकृत अस्पतलमा कोरोना पहिचान भई आएका बिरामीको उपचार खर्च मन्त्रालयले व्यहोर्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय