मेरिट लिष्टबाट हटाएका विद्यार्थी पुनः योग्यताक्रमको सूचीमा पर्ने

चिकित्सा शिक्षा तर्फको स्नातकोत्तर तहमा मेरिट लिष्टबाट हटाइएका विद्यार्थीलाई योग्यताक्रमको सूचीमा पर्ने भएका छन्।

सोमबार सर्वोच्च अदालतले चिकित्सा शिक्षा आयोगलाई विद्यार्थीको योग्यताक्रमको सूची पुन प्रकाशित गर्नका लागि आदेश दिएको छ।

विद्यार्थीले दुर्गममा गएर काम गरेको झुटो विवरण भरेको भन्दै आयोगले मरिट लिष्टबाट हटाएको थियो।

स्नातकोत्तर तहका विद्यार्थीले चिकित्सा शिक्षा आयोग विरुद्ध सर्वोच्चमा मुद्धा दायर गरेका थिए।

सर्वोच्ले राष्ट्रिय चिकित्सा शिक्षा नियमवली, २०७७ को नियम १६ र अनुसुचिको ५ बमोजिम अनुभव र दुर्गम क्षेत्रमा सेवा गरे वापत के—कति अगं पाउने गरी पुन योग्यताक्रममा राखी सुची प्रकाशित गर्न आयोगलाई अन्तरिम आदेश दिएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय