निको हुने भन्दा संक्रमितको संख्या दोब्बर, आइतबार थप १४१ जनामा कोरोना पुष्टि

पछिल्लो समय कोरोनाको संक्रमण विस्तारै फैलिएको छ।

एक हप्ता अघि सम्म प्रत्येक दिन संक्रमित निको हुने दर बढिहुन्थ्यो।

तर, आजभोली निको हुने भन्दा संक्रमित दोब्बरको संख्यामा थपिन थालेका छन्।

पछिल्लो २४ घन्टामा मात्रै १ सय ४१ जनामा संक्रमण पुष्टि हुँदा निको हुने संख्या ८२ जना छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज थपिएका सहित नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ९ सय ८० पुगेको छ।

आइतबार १ हजार ३ सय ४१ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ। नेपालमा ३ हजार २७ जनाको संक्रमणबाट मृत्यु भएको छ।

आज ५६ जना क्वारेन्टाइनमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय