कोरोना भाइरस प्रयोगशालाबाट होइन, जनावरबाट सर्‍यो : डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस चमेरोबाट अर्को जनावरमार्फत् मानिसमा सरेको रिपोर्ट तयार पारेको छ।

संगठन र चीन सरकारको संयुक्त अध्ययन रिपोर्टमा यस्तो उल्लेख गरिएको हो।

यसअघि कोरोना भाइरस वुहानको एक ल्याबबाट उत्पत्ति भएको अनुमान गरिँदै आएको थियो।

समाचार संस्था एपीले जनाएअनुसार उक्त अध्ययनको रिपोर्टमा वैज्ञानिकहरुले ल्याबबाट उत्पत्ति भएको अनुमानबाहेकका अन्य क्षेत्रमा थप अध्ययन गर्नुपर्ने सुझाव दिएका छन्।

अध्ययनका नतिजाहरु यसअघि अपेक्षा गरिएअनुरुप नै आए पनि कोरोना भाइरसको धेरै पाटोलाई अनुत्तरित नै छाडेको छ।

कोरोना भाइरसको उत्पत्तिका विषयमा अध्ययनका लागि स्वीकृति दिने विषयमा भएको ढिलाइप्रति चीनको निकै आलोचना भएको थियो।

यसबारे बेइजिङ र वाशिङटनले आ–आफ्नै धारणा राख्दै आएका थिए।

डब्लुएचओले वुहान मिसनको निष्कर्ष ६ साताअघि नै तयार पारिएको र केही दिनमै तयार हुने जनाएको छ।

चीनले महामारी फैलन आफूलाई लाग्ने सम्भावित आरोपलाई रोक्न रिपोर्ट सार्वजनिक गर्न ढिलाइ गरेको  आशंका पनि गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय