उपत्यकाको प्रदुषण अझै केही दिन रहने, केही स्थानमा वर्षाकाे सम्भावना

विगत केही दिनदेखि काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा देखिएको वायुप्रदुषण अझै कायम रहने भएको छ।

मौसमविद प्रतिभा मानन्धरका अनुसार पछिल्लो समय नेपाल तथा भारतको केही स्थानमा लागेको डढेलोको कारण प्रदूषणको कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई तुवाँलो देखिएको हो।

प्रदुषण हट्न वायुको वेग बढ्नुका साथै वर्षा हुनुपर्छ।

मंगलबार दिउँसोपछि पश्चिमी वायु सक्रिय हुने देखिएको छ। यसले हावाको वेग बढ्नुका साथै फाटफुटको वर्षाको सम्भावना देखिएकाले मौसम केही सफा हुने बताइएको छ।

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुकोसमेत आंशिक प्रभाव रहेको छ।

दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १०.८ डिग्री र अधिकतम तापक्रम २४‌.‌८ डिग्री सेल्सियस रहने अनुमान छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय