काठमाडौंमा पानी भनेर एसिड छ्यापियो : एक किशोरी र दुई बालक घाइते

काठमाडौंको शंखरापुर नगरपालिकामा पानी भनेर एसिड छ्याप्दा एक किशोरी र दुई बालक घाइते भएका छन्।

नगरपालिकाको-१ को चापाकोटमा आइतबार होली खेल्ने क्रममा एसिड छ्यापिएको हो।

घाइते हुनेमा १६ वर्षीया किशोरी,  ९ र ११ वर्षका बालक रहेका छन्।

उनीहरुको सुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ भने प्रहरीले घटनामा संलग्न भएको आरोपमा दुईजनालाई पक्राउ गरेको छ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले १७ वर्षका पवन पहाडी र १८ वर्षका आकास तामाङलाई पक्राउ गरेको छ ।

उनीहरूले होली खेल्ने क्रममा पानी भनेर एसिड फ्याकेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय