विनाव्यायाम वजन नियन्त्रण गर्नुछ : खानामा समावेश गर्नुस् फाइबरयुक्त खानेकुरा

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ चैत १६ गते ११:३८

बढ्दो तौलका कारण मानिसहरू दुःखी छन्।

वजन बढ्दै गएपछि धेरै रोगले शरीरलाई घेर्छ।

यस्तो अवस्थामा सबैजना आफ्नो वजन नियन्त्रणमा राख्न र स्वस्थ रहन चाहन्छन्।

त्यसैले विनाव्यायाम खानपानमा मात्र ध्यान दिएर कसरी तौल घटाने ?

फाइबरयुक्त खानेकुरा खानुस्

उच्च फाइबर भएको खानेकुरा खाँदामात्र तौल घट्ने सम्भावना रहन्छ। डाइटमा फाइबर हुनुले खाना पचाउन सहयोग पुर्‍याउँछ।

जो आफ्नो वजन नियन्त्रणमा राख्न र मोटोपनबाट बच्न चाहन्छन्, डाइटमा फाइबरको प्रयोगले धेरै फाइदा दिन्छ। फाइबरले व्यक्ति पूर्ण महसुस गर्दछ।

जसका कारण मानिसहरूले धेरै खाना खाँदैनन् र उनीहरूको तौल नियन्त्रण गरिन्छ।

रगतमा चिनी मिक्स गर्ने प्रक्रियालाई फाइबरले ढिला बनाउँछ। जसका कारण रगतमा चिनीको मात्रा सामान्य रहन्छ।

फाइबर कस्ता खानेकुरामा पाइन्छ ?

फाइबर तरकारी, फलफूल, बदाम, ओखर र अन्नहरूमा पाइन्छ। विज्ञहरू भन्छन कि, फाइबरले मोटोपना, क्यान्सर, रक्तचाप र मधुमेहजस्ता धेरै रोगबाट बचाउँछ। पाचन प्रणाली ठीक बनाउँछ।

पाचन प्रणालीका लागि लाभदायी

फाइबर हाम्रो पाचन प्रणालीमा पाइने राम्रा ब्याक्टेरियाका लागि लागि आवश्यक छन्। यी राम्रा ब्याक्टेरियाहरू खाना पचाउनमा महत्वपूर्ण भूमिका खेल्छन्। यदि यी ब्याक्टेरियाहरूले फाइबर पाएनन् भने हामीलाई हानी हुन सक्छ।

हृदयघात रोगबाट बचाउँछ

विभिन्न अध्ययनका निष्कर्षअनुसार फाइबर हाम्रो मुटुको लागि फाइदाजनक छ। यसले रक्तचापलाई सामान्य राख्छ। जसको कारण मुटुलाई फाइदा पुग्छ। फाइबरले कोलेस्ट्रोल जसले हाम्रो शरीरलाई असर पु¥याउँछ, त्यसलाई कम गर्दछ।

पेटको अल्सरबाट बचाउँछ
फाइबरले पेटको अल्सरलाई रोक्दछ। साथै, फाइबर खाना पाचन र यसको निकासमा धेरै उपयोगी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय