चीनले दिएको ८ लाख डोज खोप नेपाल आइपुग्याे

चीनले दिएको सहयोगमा दिएको ८ लाख डोज खोप आज नेपाल आइपुगेको छ। । आज बिहान ८: ४५ बजे नेपाल बायुसेवा निगमको वाइडबडी ए – ३३० विमानबाट त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आईपुगेको हो ।

यही चैत १ गतेको मन्त्रिपरिषद बैठकले मित्रराष्ट्र चीनबाट प्रदान गरिने कोभिड–१९ विरुद्धको खोप ‘भेरासेल’ लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो।

चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको सो खोपलाई २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ । यो खोप दुई मात्रा लगाउनुपर्छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको समन्वयका आधारमा कोभिड–१९ सँग सम्बन्धित स्वास्थ्य सामग्री लिन निगमको वाइड बडी जहाज प्रयोग गरिने निगमको निर्णय भएको र सोहीअनुरुप निगमको ए ३३० जहाज बेइजिङ प्रस्थान थियाे।

यसअघि नेपाललाई भारत सरकारले कोभिसिल्डको १० लाख डोज खोप अनुदानमा उपलब्ध गराएको थियो।

त्यस्तै नेपालले २० लाख डोज खोप खरिद गर्न भुक्तानी गरिसके पनि अहिलेसम्म १० लाख डोज मात्रै प्राप्त भएको छ।

त्यस्तै ‘कोभ्याक्स’ सुविधाअन्तर्गत नेपालले ३ लाख ४८ हजार डोज कोरोना खोप पाइसकेको छ।

उक्त सुविधाअन्तर्गत नेपालले जम्मा २२ लाख डोज खोप पाउनेछ।

यस्तै आइतबारमात्रै भारतीय सेनाले नेपाली सेनालाई १ लाख डोज कोरोना खोप सहयोगमार्फत उपलब्ध गराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय