कोरोना संक्रमणको ‘हटस्पट’ बन्यो शिक्षण संस्था : डा. जागेश्वर गौतम

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिनहुँ कोरोना संक्रमण बढ्दै गएको जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमण बढ्दै जाँदा थप चिन्ता थपिएको बताए।

पछिल्लो समयमा शिक्षण संस्था संक्रमणको हटस्पट बन्दै गएको छ।

कोरोना संक्रमण भई शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा अधिंकास कलेजमा पठाउने शिक्षक र होटलमा काम गर्ने कर्मचारी र तराईबाट रिफर गरी पठाइएका बिरामी रहेको डा. गौतमले बताए।

‘धेरै शैक्षिक संस्थामा अनिवार्य माक्सको लगाउने, हात धुने तथा सामाजिक दुरी कायम गर्ने काम भएको छैन,’ डा. गौतमले भने, ‘ नियम भएता पनि कार्योवन्यन नभएको गुनासो सुनेका छौं।’

अनिवार्य रूपमा जनस्वास्थ्य मापदण्डका प्रयोग गरी शैक्षिक क्रियाकलाप गर्न डा. गौतमले अनुरोध गरे।

पछिल्लो २४ घण्टामा नेपालमा ८९ जना कोरोना संक्रमित पुष्टि भएको छ। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ८ सय ३९ जना पुगेको मन्त्रालयले जनाएको छ।

जसमध्ये १ हजार २ सय ८२ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन।

नेपालमा कुल संक्रमित मृतकको संख्या ३ हजार २७ पुगेको छ। हाल ५९ जना क्वारेन्टाइनमा छन्।

गत २४ घण्टामा ९५ जना उपचारपछि डिस्चार्ज भएका छन्।

यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७२ हजार ५३० जना पुगेको मन्त्रालयले जनाएको छ।

कोरोना संक्रमणका हटस्पट : शिक्षण संस्था र होटलका गोष्ठी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय