भारतमा कोरोनाको दोस्रोे लहर तीव्र, एकै दिन थपिए ६२ हजारभन्दा बढी संक्रमित

भारतमा लगातार दोस्रो दिन पनि ६२ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा ६२ हजार ७ सय १४ संक्रमित थपिएका हुन्।

योसँगै भारतमा संक्रमितको संख्या १ करोड १९ लाख ७१ हजार ६ सय २४ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ४ लाख ८६ हजार ३ सय १० पुगेको छ।

यस्तै, एक दिनमा मृत्यु हुनेको संख्या पनि बढेर ३ सय १२ पुगेको छ। कोरोनाको दोस्रो लहर तीव्र रुपमा बढ्न थालेपछि महाराष्ट्र र दिल्लीलगायतका राज्यमा प्रतिबन्धहरु बढाइएको छ।

महाराष्ट्रमा रात्रिकालीन कफ्र्यु लगाइएको छ भने दिल्लीमा आंशिक लकडाउन गरिएको छ।

भारतमा हालसम्म ६ करोड २ लाख ६९ हजार ७ सय ८२ जनाको खोप लगाइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय