कोरोना त्रासका बीच होली [फोटो फिचर]

कोरोना संक्रमणको त्रासका बीच आज हिमाली र पहाडी जिल्लामा फागु पूर्णिमा अर्थात् होली मनाइँदैछ।

छिमेकी भारतमा कोरोनाको दोस्रो लहर तीव्र रुपमा बढेको र सरकारले पनि घरमै बसेर मनाउन आग्रह गरेको स्थितिमा यसपटकको होली पनि फिक्का भएको छ।

गत वर्ष पनि कोरोना संक्रमण सुरु भएकाले सर्वसाधारणले होली मनाउन पाएका थिएनन्। यसपटक पनि त्यही स्थिति दोहोरिएको छ।

यसपटक ठाउँ–ठाउँमा केही सानो संख्यामा युवायुवतीले होली मनाएको देखिए पनि सहरमा सडक प्रायः सुनसानजस्तै छ।

परिवारका सीमित सदस्यलेमात्र आपसमा रंग दलेर मनाएका छन्।

कोरोनाकालभन्दा अगाडिका वर्षमा उमंगका साथ समूहगत रुपमा होली खेल्न हिड्ने गरेकोमा यसवर्ष त्यस्तो केही देखिएको छैन।

होलीको चिर ठड्याइएको वसन्तपुरमा भने केही श्रद्धालु देखिएका छन्।

यसपटक होलीको दिन कस्तो छ त काठमाडौंमा होलीको माहोल ? हेल्थपाेष्टका दिनेश गोलेका क्यामराले देखेका केही दृश्यः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय