चिकित्सकको टोलीले आरोहण गर्यो मिरा पिक हिमाल
नेपाली चिकित्सकको एक टोलीले सोलुखुम्बुस्थित मिरा पिक हिमालको सफल आरोहण गरेको छ।
राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत डा. रुद्र मरासनी, डा. विनोद शेरचन, डा.किरण खनाल र डा. श्रृषि विष्टले ६ हजार ४ सय ७६ मिटर अग्लो उक्त हिमाल आरोहरण गरेका हुन्।
आरोहणका लागि चिकित्सक टोली १४ दिनको प्याकेज लिएर काठमाडौंबाट गएको डा. मरासिनीले बताए।
आरोहण टोली आइतबार लुक्ला हुँदै काठमाडौं फकँदैछ ।
‘नेपालको हिमाल चढ्ने हुटहुटी र मनोरम दृश्यको स्वाद लिने आकांक्षा थियो,’ डा. मरासनीले हेल्थपोष्टसँगको कुराकानीमा भने, ‘त्यो सपना आज पुरा भयो।’
पत्रयात्रामा देखिएका हिमालका मनोरम दृश्यले मोहित बनाएको उनले बताए।
वर्षमा हप्ता–दश दिन नेपालको पहाड–हिमालमा पैदलयात्रा गर्दा छुट्टै आनन्द मिल्ने र स्वास्थ्यका लागि धेरै फाइदा हुने उनको भनाइ छ।
‘नेपालमा घुम्ने ठाउँ धेरै छन्। हामी विदेश जानै पर्दैन। आन्तरिक रूपमा हामीसँग भएको सुन्दरता प्रबद्र्धन गर्नुपर्छ,’ उनले भने।
गतवर्ष डा. मरासिनीको टोली अन्नपूर्ण सर्किट गएको थियो। प्रत्येक वर्ष नेपालका डाँडाकाँडा घुम्ने योजना रहेको उनले बताए।