कोरोना संक्रमणबाट मृत्यु हुने संख्या बढ्दै, पछिल्लो २४ घन्टामा ३ को मृत्यु

पछिल्ला दिनमा कोरोना संक्रमणबाट हुने मृत्यु संख्या बढिरहेको छ।

केही महिनादेखि शून्य संख्यामा रहेको मृत्यु संख्या केहि दिनयता बिस्तारै बढ्दै गएका छन्।

पछिल्लो २४ घण्टामा मात्रै संक्रमणबाट तीनको जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुने संख्या ३ हजार ३७ पुगेको छ।

शुक्रबार मात्रै कोरोनाबाट ४ जनाको मृत्यु भएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार शनिबार ८५ जना कोरोना संक्रमित थपिएका छन्।

यो सँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ७ सय ५० जना पुगेको मन्त्रालयले जनाएको छ।

जसमध्ये १ हजार २ सय ८८ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा २ हजार ७ सय ४५ जनाको पिसिआर परीक्षण गर्दा ८५ जनामा कोरोना पुष्टि भएको छ।

यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख ५९ हजार ४५ पुगेको छ।

गत २४ घण्टामा ९३ जना उपचारपछि डिस्चार्ज भएका छन्।

यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७२ हजार ४ सय ३५ जना पुगेको मन्त्रालयले जनाएको छ।

आज ५९ जना क्वारेन्टाइनमा छन्।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय