किन अचम्म मान्नु! भ्याक्सिन लगाएकाहरूमा हुनसक्छ संक्रमण

‘हेलो डाक्टर साहेब  नमस्ते।’

‘नमस्ते, म तपाईंकै फोन  पर्खिरहेको थिएँ।’

‘किन र डाक्टर साहेब?’

‘केही खास होइन,यही कि तपाईं कति बेरमा थाहा पाएर मेरो प्रतिक्रिया लिन फोन गर्नुहुन्छ?’

‘थ्यांक्स डाक्टर साहेब फर दिस  वन्डरफुल कम्पिलिमेन्ट।’

‘यु आर अलवेज वेलकम।’

डा. साहेब, नेपालमा पहिलो केस आयो नि!  एकजना वृद्धमा कोभिड १९ भ्याक्सिन  लगाएको १५-१६ दिन पछि कोरोना संक्रमण भएको पाइयो। यसबारे केही भन्नु हुन्छ?

‘आई एम नट सरप्राइज़ड।’

विश्वभरि भइरहेकै छ। नेपालमा पनि सुरुवात  भयो।  मैले ‘भ्याक्सिनेसन’ प्रारम्भ भएकै दिनदेखि भन्दै आएको छु – भ्याक्सिन लगाउनु भनेको कोरोना संक्रमण हुनबाट रोक्नका लागि होइन।  भ्याक्सिनले कोरोना संक्रमण हुन नदिने खाले सुरक्षा प्रदान गर्ने होइन। भ्याक्सिन लिनु भनेको भविष्यमा हुनसक्ने युद्धको पूर्वाभ्यास मात्रै हो। मैले यसबारे पटक पटक लेखेकै छु।

डा. साहेब मैले तपाईंले २३ मार्च मंगलबारका दिन लेखेको ‘बहुरुपिया कोरोना नेपाल पसेको हुनसक्ने’ लेख पढिसकेको छु। केही दिन पहिलाको अन्तर्वार्तामा तपाईंसँग कोरोनाका विभिन्न नयाँ भेरिएन्टबारे बृहत चर्चा गरेको पनि मलाई स्मरण छ। तपाईंको विचारमा आज नेपालमा  देखिएको ‘भ्याक्सिन लागाएपछि कोरोना संक्रमणको केस’बारे तपाईंको विचारमा यो ‘कोभिड १९ भाइरस संक्रमण’ हो कि कोरोनाका कुनै नयाँ भेरिएन्टको
श्रीगणेश?

‘तपाईंले यही प्रश्न सोध्नुहुन्छ भन्ने भय थियो मलाई!’

‘भय किन र डाक्टर साहेब?’

‘सो सिम्पल।’

आन्तरिक जीवन र व्यवहारमा म तपाईं जस्तै जोगी भए पनि बाह्य जीवन जगत र व्यवहारमा म तपाईं जस्तै निष्फ़िक्री,  निर्द्वन्द्व एवं स्वतन्त्र छैन। मेरा पेशागत र पदीय बाध्यता छन्। तपाईंको  प्रश्नबारे मैले अहिले नै केही बोल्न मिल्दैन।  नेपालमा भ्याक्सिन लाएको मानिसमा कोरोना संक्रमण देखिएको छ, यो सत्य हो। तर यो कुन भाइरस (पुरानो अथवा नयाँ भेरिएन्ट ) को संक्रमण हो, यसबारे अध्ययन अनुसन्धानको रिपोर्ट नआएसम्म केही बोल्न  मिल्दैन। मेरो प्रतिक्रिया यति नै हो, नेपालमा पहिलो केस देखिएको छ यस्ता अन्य केसहरु आउने पनि प्रबल सम्भावना  छ।

तर डाक्टर साहेब तपाईंले एउटा कुरा बिर्सिन हुन्न नि! नेपालमा ‘यूके भेरिएन्ट’ भित्रिएको कुरा त प्रमाणित नै छ।

‘भित्रिएको त प्रमाणित नै छ, तर यसले कुन रूप लियो, कुन आकार ग्रहण गर्यो, कहाँ- कहाँसम्म पुग्यौं, यसकाबारे हामीलाई इन्चभर पनि केही थाहा छैन। आज देखिएको केसमा सबैखाले सम्भावना छन्, यो पुरानो ‘कोभिड-१९ भाइरसकै संक्रमण’ हुनसक्छ।  नेपालमा भित्रिसकेको ‘युके भेरिएन्ट’को संक्रमण हुनसक्छ अथवा अथवा अन्य कुनै भेरिएन्टको प्रवेश भएको दस्तक पनि हुनसक्छ। सम्बन्धित विभागले यसबारे ‘रिसर्च’ गरेपछि नै यस विषयमा कुरा स्पष्ट हुन्छन्।’

फागुन २३ गते  पहिलो डोज  कोभिशिल्ड भ्याक्सिन  लिईसक्नु भएका ७५ वर्षीय वृद्ध बुआमा कोरोना संक्रमण देखिएको समाचार पाउन साथ मैले फोनमा कुरा गरेको डाक्टर साहेब  झै मलाई पनि कुनै आश्चर्य भएन।

कारण भ्याक्सिनका बारे डा. रविन्द्र समिर, डा. बिपिन नेपाल, डा. सुनिल शर्मा, डा. शेरबहादुर पुन लगायतका विज्ञजनहरुसFग म सम्पर्कमा रही जानकारी लिFदै विभिन्न प्रकारले लेख्दै आएको छु।

विश्व स्वास्थ्य संगठन, विभिन्न चिकित्सा एजेन्सी, चिकित्साकर्मी, फार्मास्युटिकल व्यापारी लगायत यस क्षेत्रसँग  फलको आशा राख्ने सबै वर्गले भ्याक्सिनलाई रामवाण औषधि – सन्जीवनी औषधी प्रचारित गरेको झै कोभिड भ्याक्सिन कुनै चमत्कारिक सुरक्षा उपाय होइन। संक्षेपमा यति मात्र बुझ्नुस् ‘कोभिड १९ भाइरस’का विरुद्ध बनेका सबै भ्याक्सिन ‘कोभिड १९ भ्याक्सिन’ हुन्।

स्वस्थ व्यक्तिमा भ्याक्सिनका माध्यमले  भाइरस नै प्रवेश गराई यस भाइरसका विरुद्ध लड्न शरिरको इम्यून सिस्टमलाई प्रशिक्षण र पूर्वाभ्यास गराइन्छ।

भाइरसको संख्या न्यून भएका कारण शरीरको इम्यून सिस्टमले विभिन्न अस्त्र तैयार गरी (एन्टीबडी ) यसलाई सजिलै नियन्त्रणमा लिन्छ। यसरी तैयार भएका एन्टीबडी शरीरमा रही रहन्छन् र कथं कदाचित साँच्चिकै कोभिड संक्रमण भएको खण्डमा शरीरमा रहेको एन्टीबडीले भाइरसलाई दमन गर्छ।

यति मात्र फन्डा हो भ्याक्सिनको।

भ्याक्सिन लाएका मानिसलाई संक्रमण हुँदैन भनेर बुझ्नु हुने जोसुकै महानुवाभले आफुलाई अबिलम्ब सच्याउनु होस्। ‘मैले भ्याक्सिन लाएको छु, म अब  सुरक्षित छु’ भन्ने  मानसिकता परित्याग गर्नुस्। संक्रमणबाट जोगिने सबै उपाय पालन गर्नुस्। यसमा तपाईंकै मात्र होइन, मानवता-समाज-देशकै भलाई निहीत छ।

टेकु अस्पतालका निर्देशक सागर कुमार राजभण्डारी (उहाँ नेपालमा पहिलो भ्याक्सिन लाउने व्यक्ति हो ) को भनाइ उद्धृत गर्दै कतिपय मिडियाले लेखे
-उहाँलाई भ्याक्सिन लाउनुभन्दा  पहिला नै कोरोना संक्रमण भएको हुनसक्छ। निश्चय पनि सागरजी यस्तो अधुरो ‘स्टेटमेन्ट’ दिनु हुन्न।  यो पत्रकारिताको सट्टा गरिने हतारकारिताको नमूना हो।

फागुन २३ गते भ्याक्सिन लाउनु भएका ७५ वर्षीय वृद्ध बुवाआमा चैत १० गते कोरोना संक्रमण देखिएको -प्रमाणित भएको हो। उहाँमा भ्याक्सिन लाउनु पूर्व संक्रमण भएको सम्भावना छ तर यसका साथै भ्याक्सिन लाएपछि नै उहाँ संक्रमणग्रस्त भएको हुनसक्ने सम्भावना योभन्दा पनि बढी प्रबल छ।

यस बढी सम्भावनाको विश्लेषण गर्नु अघि टेकु अस्पतालकै प्रमुख कन्सलट्यान्ट डा. अनुप बास्तोलाको भनाइ हेरौं।

फागुन २३ गते भ्याक्सिन लाउनु भएका व्यक्तिमा कोरोना संक्रमण देखिएको छ। उहाँको शरीरमा एन्टिबडी रहेको पनि देखिएको छ।

उहाँको शरीरमा भ्याक्सिनले एन्टिबडी बनिसकेको छैन। भ्याक्सिनको पहिलो डोज लिएको २८ दिन पछि मात्रै शरीरमा एन्टीबडी देखिन्छ। डा. बास्तोलाले वृद्धको एन्टीबडी टाइटर कति छ भन्ने सार्वजनिक गर्नु भएको छैन।  हुनसक्छ उहाँले ‘आरपिडी टेस्ट’ मात्रै गरेको हो कि!

डा. बास्तोलाका अनुसार उहाँको शरीरमा एन्टिबडी देखिएको छ, जुन एन्टिबडी भ्याक्सिनले बनेको होइन। अर्थात् उहाँको शरीरले भाइरस विरुद्ध लड्दै स्वयं नै एन्टिबडी बनाएको हो। सामान्तया कोभिड़ १९ को  ‘इन्कुबेसन पिरियड’ १२-१४ दिन हो।

उहाँमा भ्याक्सिन लाउनुभन्दा पहिला संक्रमण थियो भन्ने सम्भावना खारेज त गर्न मिल्दैन तर प्रबल सम्भावना भने फागुन २३ पछि नै उहाँलाई संक्रमण भएको हुनसक्छ। वृद्धको पूरा परिवार नै कोरोना संक्रमित भएको पनि पुष्टि भएको छ।

डा. शेरबहादुर पुनको मार्च २३ मा प्रकाशित लेखका  केही पंक्ति नजर गर्नुस्,उहाँ लेख्नु हुन्छ –

‘ब्राजिलियन भेरिएन्टको कोरोना भाइरस तीव्र गतिमा फैलनसक्ने र अघिल्लो संक्रमणपछि विकास भएको रोग प्रतिरोधात्मक (एन्टिबडी) क्षमतालाई पनि आकस्मिकरूपमा छल्नसक्ने क्षमता भएको भनिएको छ।

जसले गर्दा  ‘‘रि–इन्फेक्सन’को सम्भावनालाई  बढाएको देखिन्छ। ब्राजिलको एक सहरमा गतवर्ष कोरोनाले ठूलो प्रभाव पारेको थियो, जसमा झन्डै अनुमानित ७६ प्रतिशत जनसंख्या संक्रमित भएको अर्थात् त्यहाँ  ‘हर्ड इम्युनिटी’ विकास भइसकेकाले फेरि संक्रमणले ठूलो प्रभाव पार्न नसकिने भनेर अनुमान गरिएको थियो।

तर, यो अनुमानको ठिक विपरीत सात महिनापछि फेरि त्यसै सहरमा अर्को लहरले ठूलो जनसंख्या प्रभावित भएको हालै प्रकाशित एक अनुसन्धानले देखाएको छ। यही बेला ब्राजिलमा नयाँ भेरिएन्टको कोरोना भाइरस विकास भएको र त्यो बढी आक्रामक देखिएको अनुसन्धानबाट पत्ता लागेको थियो, जुन भेरिएन्ट अहिले भारत पुगिसकेको छ।’

अर्को स्थानमा उहाँ  लेखन हुन्छ – ‘बेलायतमा देखिएको कोरोना भाइरसको भेरिएन्ट पनि अघिल्लो कोरोना भाइरसभन्दा झन्डै ४० देखि ७० गुणा तीव्रगतिमा फैलनसक्ने पत्ता लागेको छ। ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित अनुसन्धानको नतिजाले यो भेरिएन्टको कोरोना संक्रमण भएमा मृत्युदर पनि अघिल्लो भेरिएन्टको भन्दा बढी हुने पत्ता लागेको थियो।’

‘दक्षिण अफ्रिकी भेरिएन्टको कोरोना भाइरस पनि तीव्रगतिमा फैलने र हाल उपलब्ध भ्याक्सिनलाई छल्न सक्ने क्षमता भएको भनिएको छ।

विशेष गरेर नेपालले प्रयोग गर्दै आइरहेको  ‘कोभिशिल्ड’ भ्याक्सिनलाई पनि चुनौती  दिनसक्ने क्षमता देखिएको छ दक्षिणी अफ्रिकी कोरोनाको नयाँ भेरिएन्टमा।

दक्षिण अफ्रिकामा गरिएको अनुसन्धानले यस भेरिएन्टको कोरोना भाइरसविरुद्ध ‘कोभिशिल्ड’को  प्रभावकारिता विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्ड (थ्रेसहोल्ड) भन्दा अत्यधिक कम देखिएको भनिएको छ। यो भेरिएन्टको कोरोना भाइरस हाल कम्तीमा पनि विश्वको ४० देशसम्म पुगिसकेको छ।’

भन्नु परिरहेन कोभिड १९ भ्याक्सिन कोरोनाको गत वर्ष देखिएको भाइरसको प्रारूपलाई मध्यनजर गरी बनाइएका हुन्। यिनले नयाँ भेरिएन्टका विरुद्ध के कति प्रभावकारिता देखाउछन त्यो भविष्यमै थाहा हुन्छ! अहिले यसबारे यकीन साथ केही भन्न सकिँदैन।

अब सायद कसैलाई प्रमाणित गरी राख्नुपर्दैन कि नेपालमा नयाँ भेरिएन्टको कोरोना प्रवेश गरिसकेको छ। नेपालमा प्रयोगमा ल्याइएको भ्याक्सिनले दिने सुरक्षा पनि विभिन्न शंका आशंकाको घेराभित्र आइसकेको छ। देश एकपटक पुनः लकडाउन उन्मुख हुँदै गइरहेको स्थिति छैन बन्न सकिँदैन। नेपालमा संक्रमणको ग्राफ तीव्रताका साथ विकराल बन्दै गइरहेको छ।

भ्याक्सिन लाउने अथवा नलाउने सबैजनाले सुरक्षाका सबै उपाय पूर्णतया पालन गर्नु पर्ने अपरिहार्य भएको  छ। एउटा महत्वपूर्ण कुरा थाहा पाई राख्नुस्

-भ्याक्सिन लिनेहरुको शरीरमा भाइरससंग लड्ने एंटीबडी (बनेको छ भने – पहिलो डोजले अधिकतम ५० प्रतिशत व्यक्तिमा एंटीबडी बन्ने  सम्भावना हुन्छ ) बनेको छ भने यसले उनीहरुलाई संक्रमणसंग लड्ने शक्ति प्रदान गर्छ।  संक्रमण हुनबाट जोगाउदैन। उनीहरु संक्रमित हुन सक्छन।

प्रचुर मात्रामा एन्टिबडी बनेको छ भने सजिलै संक्रमणलाई परास्त गर्न सक्छन्। तर तर तर… याद गर्नुस्- यिनीहरुबाट पनि संक्रमण फैलिन्छ अर्थात् यदि यी संक्रमित हुन्छन् भने यिनीहरुबाट सजिलै अन्य व्यक्तिमा संक्रमण सर्छ।

नेपाललाई, नेपालीलाई कोरोना संक्रमणको कहरबाट सुरक्षित राख्न सबैले आ-आफ्नो ठाउँबाट समुचित प्रयास गरौं।

तपाईंको सानोभन्दा सानो प्रयास एवं  सहयोगी भावना पनि अति महत्वपूर्ण हुनसक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय