विद्यालय नर्स परिचालन गर्न प्रदेश २मा कार्यविधि, पहिलो वर्ष ८० नर्सलाई अवसर

प्रदेश २ सरकारले विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा परिचालनका लागि नयाँ कार्यविधि जारी गरेको छ ।

बालबालिकामा विद्यालय तहबाटै स्वास्थ्य, पोषण र वातावरणीय चेतना बढाउँन, सिकाई अभिवृद्धि गर्न, किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्य व्यवस्थापन गर्न र विद्यालयमै प्राथमिकत उपचार सेवा तथा स्वास्थ्य परामर्श सेवा पुर्याउँने उद्देश्यले निर्देशिका जारी गरिएको कार्यविधिमा उल्लेख छ ।

कार्यविधिसँगै प्रदेशभित्रका ८ वटै जिल्ला ८० वटा माध्यामिक विद्यालयलाई छनौटगरी कार्यक्रम संचालन गरिने प्रदेश सरकारले जनाएको छ । यो आधारमा पहिलो वर्ष कम्तिमा ८० नर्सलाई रोजगारीको अवसर हुनेछ ।

सामाजिक विकास मन्त्रालय प्रदेश २का अनुसार विद्यालय नर्स राख्दा प्रत्येक निर्वाचन क्षेत्रका कम्तिमा एउटा विद्यालय समेटिनेगरी कुल विद्यालयको संख्या, छात्राको प्रतिशत, दलित, मुसहर, मुस्लिम समुदायको विद्यार्थीको प्रतिशत, विद्यालयको भौतिक अवस्था र माध्यामिक तहमा अध्ययानरत विद्यार्थीको संख्यालाई आधार मानिनेछ ।

कार्यक्रम संचालन गर्न सामाजिक विकास मन्त्रीको अध्यक्षतामा निर्देशक समिति, शिक्षा विकास निर्देशकको संयोजकत्वमा उमेदवारको छनौट समिति गठन गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय