फार्मेसी काउन्सिलको अध्यक्षमा प्रज्वलजंग पाण्डे

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ चैत १३ गते १९:४२

फार्मेसी काउन्सिलको अध्यक्षमा प्रज्वलजंग पाण्डे नियुक्त भएका छन।  बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले पाण्डेलाई नियुक्त गरेको हो।

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीको सिफारिसमा बिहीबारका क्याबिनेटको बैठकले पाण्डेलाई काउन्सिलको जिम्मेवारी दिइएको हो।

यस्तै, काउन्सिलका रिक्त सदस्यहरुमा अमृत थापा, निरज बतौला, निशान्तकुमार गुप्ता, महासागर ज्ञवाली नियुक्त भएका छन्।

अध्यक्षको कार्यकाल ४ बर्षको हुनेछ।

यसभन्दा अगाडी काउन्सिलको अध्यक्षमा  केशवध्वज जोशीको रहेका थिए।

उनको कार्यकाल फागुन १७ मा सकिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय