नेपालमा हरेक वर्ष थपिन्छन् मोतिबिन्दुका ४५ हजार नयाँ बिरामी

अशिम सापकोटा
प्रकाशित
२०७७ चैत १३ गते १९:२८

नेपालमा हरेक बर्ष मोतिबिन्दुका ४५ हजारभन्दा बढि नयाँ बिरामी थपिने गरेका छन्।

हालसालै नेपाल नेत्र ज्योती संघले गरेको एक अध्ययनमा सो तथ्यांक आएको हो।

संघको अनुसार बार्षिक १ लाख २५ हजारभन्दा बढी मोतिबिन्दुका बिरामीले उपचार गर्ने गरेका छन्।

नेपाल नेत्रज्योती संघको ४३ औँ स्थापना दिवसका अवसरमा विशेष योगदान गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गर्ने जनाएको छ।

संघले देशभर ४२ वटा जिल्ला शाखाबाट आँखाको उपचार सेवा दिइरहेको छ।

कोराना माहामारीले गर्दा सम्मान कार्यक्रमलाई समयअनकुल गरिने संघले जनाएको छ।

गण्डकी प्रदेश सरकार , तुुलसीपुर उपमहानगरपालिका बरिष्ठ समाजसेवी जगं शाह,क्रिस्टोफेल ब्लाइनडेन सिबिएम र भरतपुर आँखा अस्पताललाई सम्मान गर्नसंघका अध्यक्ष डा. चेतराज पन्त बताए।

वर्तमान अवस्थामा देशभका विकट ठाँउमा सेवा पुर्याउन नसकिएको डा. पन्तले बताए।

‘दुर्गम क्षेत्रबाट आँखा अस्पतालमा आउनका टाढा रहेको छ। धेरै बिरामी रोग पालेर घर नै बसेका छन्,’ डा. पन्तले भने, ‘ संघले अब स्थानीय निकाय तहसम्म आफ्नो सेवा विस्तार गर्नेछ।’

त्यसैगरी, संघका महासचिव भरत बहादुुर चन्दले अन्धोपन न्युनीकरण गर्न थप समस्या भएको बताए।

‘अहिले आँखाका विभिन्न समस्या थपिदैँ गएको छ। जसले गर्दा अन्धोपन न्युनीकरणमा समस्या देखिएको छ,’ उनले भने।

त्यसैगरी, कार्यक्रममा नारायण थापाद्धारा लिखित आँखा स्वास्थ्य एक अध्ययन नामक पुुस्तकको लोकापर्ण गरिएको थियो।

सन् २०१९ मा नेपाल नेत्रज्योती संघ मातहतका आँखा अस्पताल तथा उपचार केन्द्रहरुको मध्यमबाट कुल ३३ लाख २३ हजार ४४ जनाको आँखाको उपचार गरेका छन्।

जसमध्ये २ लाख ६५ हजार ९ सय ७८ जनाको शल्यक्रिया समेत गरिएको छ। संघको अनुसार सन् २०२० मा मात्रै १३ लाख १७ लाख ६ सय ३२ जनाले आँखाको सेवा लिएका छन् र १ लाख २१ हजार ३६२ जनाको आँखाको शल्यक्रिया गरिएको छ।

नेपालमा आँखा उपचारका लागी भारत, भुुटान र बंगलादेशबाट आउने गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय