घरबाहिर ननिस्कौं, मर्निङ वाक नगरौं : स्वास्थ्य मन्त्रालय

 

काठमाडौंका उपत्यकासहित देशका विभिन्न स्थानमा प्रदुषण बढेको छ।  आकाशमा वायु प्रदूषण देखिएपछि स्वास्थ्य मन्त्रालयले घरबाहिर ननिस्कन आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदुषणले गर्दा विभिन्न स्वास्थ्य समस्या देखा पर्ने हुँदा सचेत रहन आग्रह गरेको छ।

घरबाहिर खुल्ला स्थानमा नबस्ने, घर बाहिर मर्निवाकमा नजानको सर्वसाधरणलाई अपिल गरेको छ।

मन्त्रालयले बालबालिका, दीर्घ रोगी र ज्येष्ठ नागरिकको विशेष ख्याल गर्न पनि आग्रह गरेको छ। यस्तै फोहोरमैलाको उचित व्यवस्थापन गर्न र जथाभावी नजलाउनसमेत मन्त्रालयले सचेत गराएको छ ।

‘घर बाहिर निस्कै परे अनिवार्य मास्क प्रयोग गरौं’ मन्त्रालयले भनेको छ, ‘ कोभिड-१९ को लागि तोकिएका जनस्वास्थ्यका मापदण्डहरु पालन गरौ/गराऔ ।’

त्यसैगरी, धुलो, धुँवा उड्ने खालाका पेशा, व्यवसाय निमार्णका कार्य केही दिनलाई बन्द गर्न निर्देशन दिएको छ।

प्रदुषण बढ्दा सर्वसाधरणहरुले आँखा पोलेको महसुस गरेका छन्।

साथै, प्रदुषणले चिलाउने साथै घाँटी खसखस र श्वासप्रवासमा समेत समस्या देखिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय