काठमाडौंमा आँखै पाेल्ने तुँवालो

काठमाडौं उपत्यकामा प्रदुषण एकाएक बढेको छ।

शुक्रवार अपराह्नदेखि एकाएक आकाश धुम्म भएको छ र बाहिर निस्किँदा आँखै पोल्ने तुँवालो फैलिइरहेको छ।

मौसमविद् राजु प्रधानाङ्गका अनुसार देशका धेरै ठाउँका जंगलमा आगलागी हुँदा र धुलोका कणहरूसमेत त्यसमा मिसिएका कारण अहिले मौसम यस्तो देखिएको हो।

‘लामो समयदेखि खडेरी नै भइरहेका कारण अहिले बायुमण्डल सुख्खा छ। यस्तो अवस्थामा धुलोका कणहरू धेरै हुन्छन् र त्यसैमाथि जंगलमा आगलागी पनि भइरहेको छ’ उनले भने ‘त्यही धुलो र धुँवा मिसिएका कारण अहिले वायुमण्डलमा यस्तो समस्या देखिएको हो।’

अहिले त्रिभुवन विमानस्थलका धेरै उडानहरू पनि प्रभावित भएका छन्।

भिजिबिलिटी कम हुँदा उडानहरूसमेत रोकिएको विमानस्थलले जनाएको छ।

भारतका कतिपय क्षेत्रमा पनि वायु प्रदुषण बढेको छ।

‘नेपालमात्रै होइन, छिमेकी भारतमा पनि यस्तै प्रदुषण देखिएको छ’ उनले भने ‘त्यसको कारण यता पनि बढेको हुनसक्ने अनुमान हो।’

काठमाडौंका विभिन्न ठाउँमा जडान गरिएका एयर क्वालिटी इन्डेक्सहरूले खतराको सिमा पार गरेका छन्।

भैसेपाटी स्टेशनमा एयर क्वालिटी इन्डेक्स ५५१ पुगेको छ। हावामा प्रदुषणको यो मात्रा एकदमै खतरनाक हो।

त्यस्तै कीर्तिपुरमा २२६ र रत्नपार्कमा २०० देखिएको छ।

२०० भन्दा माथिको प्रदुषण स्वास्थ्यका लागि निकै खराब मानिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय