सोसाइटी फर नेप्लिज डाक्टर्स अफ बंगलादेशको संयोजत्वमा डा. राकेश शाह

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ चैत १३ गते १३:१७

बंगलादेशबाट चिकित्सा शिक्षा अध्ययन गरी नेपालमा कार्यरत नेपाली चिकित्सकहरू को साझा चौतारी बनाउने उदेश्यले सोसाइटी फर नेप्लिज डाक्टर्स अफ बंगलादेश गठन भएको छ।

डा. राकेश शाहको संयोजत्वमा उक्त सोसाइटीको गठन भएको हो।

डा. शाहले बंगलादेशबाट एमबिबिएस अध्ययन गरी कोलोरेक्टल सर्जरीमा मा मास्टर गरी नेपाल फर्किएका हुन्।

‘सिनियर चिकित्सलाई सल्लाकार समित बनाएर बंगलादेशबाट अध्ययन गरी नेपाल आएका चिकित्सकलाई समेट्ने गरी सोसाइटीको गठन गरी गरेको हौं,’ डा. शाहले भने, ‘ सोसाइटीलाई माथि लैजानको लागि सम्पूर्णको साथ–सहयोगको अपेक्षा राखेका छौं।’

उनले एमबिबिएस, बिडिएस, एमडिएस, एमडि गरेका चिकित्सकलाई लाई समेटेर अगाडी बढ्ने बताए।

हाल प्रत्येक वर्ष नेपालबाट चिकित्सा शिक्षा अध्ययनका लागि पाँच सय देखि सात सय सम्म बंगलादेश जाने गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय