सञ्चालनमा आउँदै भक्तपुर अन्तराष्ट्रिय अस्पताल

रेणु त्वानाबासु/भक्तपुर
प्रकाशित
२०७७ चैत १३ गते १२:०१

भक्तपुरको कौशलटारमा भक्तपुर अन्तराष्ट्रिय अस्पताल सञ्चालनमा आउने भएको छ।

मध्यपुर नगरपालिका वडा नं.३ कौशलटार चोक स्थित अरनिको राजमार्ग नजिक अन्तराष्ट्रिय स्तरको सेवा–सुविधा दिने उदेश्यले सो अस्पताल सञ्चालनमा ल्याउन लागिएको हो।

भक्तपुर लगायत पूर्वका जिल्लाहरुबाट आउने जटिल अवस्थाका बिरामीहरुलाई काठमाण्डौं सम्म जान नपर्ने गरि भक्तपुर मै सुबिधा दिने उद्धेश्यले अस्पताल सञ्चालन गर्न लागेको अस्पताल प्रशासनले जनाएको छ।

अस्पतालको शुभारम्भको अवसरमा विशेषज्ञ सेवाको सम्पुर्ण परामर्श सेवा ५० प्रतिशतसम्म निशुल्क हुनेछ।

अस्पतालमा हाड, जोर्नी तथा नशा सम्बन्धि रोग, बालरोग, स्त्रीरोेग, चर्म तथा यौन रोग, नाक, कान, घाँटी, मुटुरोग, आँखा रोग, मानसिक रोगको विशेषज्ञ सेवा उपलब्ध हुनेछ।

त्यसैगरी, जर्नरल सर्जरी, डिजिटल ल्याब, भिडियो एक्सरे, इजिजि तथा इको जस्ता सेवा उपलब्ध हुने अस्पताल प्रशासनले जनाएको छ।

हाल सो अस्पतालमा १५ शैयाबाट सुरू हुनेछ।

५० बेडसम्म सेवा विस्तार गर्न लक्ष्य रहेको छ।

५० बेडसम्म सञ्चालन गर्नका लागि अस्पताल प्रशासनले सरकारसँग अनुमति लिने प्रक्रियामा छ।

 

One thought on “सञ्चालनमा आउँदै भक्तपुर अन्तराष्ट्रिय अस्पताल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय