भारतमा एकैदिन थपिए ५९ हजार कोरोना संक्रमित

भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिइरहेको छ। गत २४ घण्टामा मात्रै भारतमा ५९ हजार नयाँ संक्रमित थपिएका छन्।

महाराष्ट्रमा सबैभन्दा बढी संक्रमित फेला परेका छन्। त्यहाँ पछिल्लो २४ घण्टामा ३६ हजार नयाँ संक्रमित थपिएका छन्।

जसमा मुम्बईमा मात्रै ५ हजार ५ सय रहेको छ। योसँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या १ करोड १८ लाख ४६ हजार पुगेको छ।

संक्रमण तीव्र गतिमा बढ्न थालेपछि भारतका विभिन्न राज्यहरुले लकडाउन गरेका छन्।

आउँदै गरेको होलीलाई लक्षित गर्दै उनीहरुले लकडाउन गरेका हुन् भने होलीमा भिडभाड नगर्न तथा घरमै बसेर होली मनाउन पनि राज्यहरुले आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय