कोरोना संक्रमितको संख्या चौथो दिन पनि तीन अकंमा

केही दिनदेखि नेपालमा कोरोना संक्रमितको संख्या तीन अकंमा उकालो लागेको छ।

बिहिबार पनि १ सय २० जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ७६ हजार ५ सय ९ जना पुगेको छ।

बिहिबार १ हजार २१७ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा कोरोना संक्रमितको मृत्यु संख्या शून्य छ।

यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार २० पुगेको छ। हाल ५५ जना क्वारेन्टाइनमा छन्।

गत २४ घण्टामा ८५ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७२ हजार २ सय ७२ जना पुगेको मन्त्रालयले जनाएको छ।

माघ २० मा नेपालमा १७१ जनामा कोरोना संक्रमण देखिएको थियो। तर, यसभन्दा यता कोरोना संक्रमितको संख्या तल झरेको थियो।

सोमबार १५० जना संक्रमित भेटिएका छन्।  त्यस्तै, मगंलबार ४ हजार ३२ जनामा पिसिआर परीक्षण गर्दा १ सय ८८ जनामा थियो।b

बुधबार ३ हजार ९ सय ६३ जनाको पिसिआर परीक्षण गर्दा १ सय ४५ जनामा कोरोना पुष्टि थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय