भारतबाट आएका १४ जनामा कोरोना संक्रमण पुष्टि, नयाँ भेरियन्टको आशंका

भारतमा नयाँ ‘डबल म्युटेन्ट भेरियन्ट’ कोरोना भाइरस देखिएसँगै नेपालमा पनि भित्रिएको आशंका गरिएको छ।

भारतको सीमानाकाबाट प्रवेश गरेका व्यक्तिको स्वास्थ्य परीक्षणमा सरकारले कडाई गर्दै चेकजाँच बढाएको छ। यसैबीच, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले भारतबाट आएका १४ जनामा संक्रमण पुष्टि भएको बताए।

‘गड्डाचौकी, गौरीफन्टा, रुपैडिया नाकाबाट आएका १४ जनामा संक्रमण पुष्टि भएको पाइएको छ,’ पौडेलले हेल्थपोस्टसँगको कुराकानीमा भने, ‘संक्रमण पुष्टि भएका व्यक्तिलाई छुट्टै आइसोलेसनमा राख्ने व्यवस्था मिलाएका छौ।’

उनले सीमानाकामा चेकजाँचका क्रममा संक्रमण पुष्टि भएका व्यक्तिमा नयाँ भेरियन्ट हो कि होइन भनेर पुष्टि गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ‘जिन सिक्वेन्सिङ’ को काम हुने बताए।

कोरोना भाइरस कुन देशबाट आयोरु नेपालमा देखिएको भाइरस अन्य देशसँग मिल्छ–मिल्दैनरु भाइरसमा के–के फरक छरु भन्ने जानकारीका लागि कोरोना संक्रमितको ‘जिन सिक्वेन्सिङ’ गरिन्छ।

‘भारतबाट आएका व्यक्तिको स्वाब संकलन गरी नमुना ल्याउँछौं। उनले भने, ‘केही दिनभित्रैमा जिन सिक्वेन्सिङ गरी नयाँ भाइरस नेपालमा प्रवेश गरेको छ कि छुट्याउँछौ,’ उनले भने। ‘जिन सिक्वेन्सिङ’ बाट भाइरसको प्रकृतिमा आएको परिवर्तन हेर्न सकिने छ।

डा. पौडेलका अनुसार भारतीय सीमासँग जोडिएका सबै नाकामा हेल्थडेस्कलाई प्रभावकारी बनाइएको छ।

‘हामीले प्रदेश तथा जिल्लास्तरमा समन्वय गरिरहेका छांै। आइसोलेसन, परीक्षण, कन्ट्याक्ट टेसिङ तथा क्वारेन्टाइनलाई थप प्रभावकारी ढंगले अगाडि बढाउँछौं,’ उनले भने।

भारतबाट आउनेहरुलाई हेल्थडेस्कबाटै सबैलाई १० थान मास्क वितरण गर्ने उनले बताए।

‘मास्क अनिवार्य रूपमा लगायो भनेपनि धेरै हदसम्म संक्रमण फैलनबाट रोक्न सकिन्छ,’ डा. पौडेलले भने, ‘भारतमा पनि नयाँ भेरियन्ट फैलिएकोले सीमानाकामा कडाइ गर्नुबाहेक अन्य उपाय छैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय