तीन प्रतिष्ठानको उपकुलपति लागि ९ जनाको नाम सिफारिस, को–को परे ?

तीन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको पदका लागि तीन–तीन जनाको नाम सिफारिस भएको छ।

स्रोतका अनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलो नम्बरमा प्राडा राजेशनाथ गंगोलको नाम सिफारिस गरेको छ।

त्यसैगरी, दोस्रो नम्बरमा रेडियोलोजिष्ट प्रा.डा दानबहादुर कार्की सिफारिस गरिएको छ।

समग्र आवेदकमध्ये पाटनका पुराना प्राध्यापक डा। राजेशनाथ गंगोलको सम्भावना बलियो देख्नेको संख्या अधिक छ।

प्रतिष्ठानमा यसअघि निर्वाह गरेका जिम्मेवारी, निरन्तरता, निष्ठा र नेतृत्व क्षमताका आधारमा प्रतिष्ठानभित्र डा. गंगोललाई नेतृत्वमा देख्न चाहने बढी छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगल रावलको नाम एक नम्बरमा परेको छ।

त्यहाँकै डिन डा. रेशम रानाको दोस्रो नम्बर र अर्का एक जनाको नाम तेस्रो नम्बरमा परेको स्रोतले जनाएको छ।

प्रदेश सरकार र स्थानीयरूपमा वर्तमान सरकारसँग राम्रो समन्वय गर्ने सम्भावना देखेर बलियो उम्मेदवारका रूपमा डा. रावललाई हेरिरएको छ।

तर, दौडमा रहेका अन्य उम्मेदवारले भने रावल जुनियर भएको र आगामी दिनमा पनि नेतृत्व गर्ने–पाउने सम्भावना रहेको भन्दै निर्देशककै रूपमा निरन्तरता दिन मन्त्रीलाई समेत सल्लाह दिइरहेका छन्।

कोरोना महामारीका समयमा गरेको काम केन्द्र, प्रदेश र स्थानीय सरकारसँगको सम्बन्धनका आधारमा पनि प्रतिष्ठान हितका लागि उनकै निरन्तरता चाहने मत ठूलो छ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि प्राडा डुक बहादुर क्षेत्रीको नाम पहिलो नम्बरमा परेको छ ।

यस्तै प्रा.डा धुर्ब अधिकारी र प्रा.डा श्रीकृष्ण श्रेष्ठको नाम क्रमश दोस्रो र तेस्रो नम्बरमा परेको छ।

सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीको अध्यक्षतामा गठन गरेको सिफारिस समितिले आवेदकमध्येबाट तीनजनाको नाम उपकुलपतिका लागि कुलपति प्रधानमन्त्री केपी शर्मा ओली समक्ष सिफारिस गर्नेछ।

प्रधानमन्त्रीले एक एक जनालाई उपकुलपतिको रुपमा नियुक्त गर्ने प्रावधान छ ।

समितिले ८ चैतमा तीनवटै प्रतिष्ठानका लागि निवेदन परेका मध्येबाट सर्टलिष्ट छनौट गरी सार्वजनिक गरेको थियो।

त्यसबेला २१ जनाले निवेदन दिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १३ जनाको नाम छनोट गरेको थियो। त्यसैगरी पाटन र पोखरामा १२–१२ जनाले निवेदन

दिएको मध्ये ९–९ जनाको नाम सिमितले छनोट गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय