काठमाडौं बाहिर पहिलो पटक कलेजो प्रत्यारोपण सेवा सुरू

हेल्थपोस्ट नेपाल

चितवन मेडिकल कलेजले कलेजो प्रत्यारोपण सेवा सुरू गरेको छ। काठमाडौं उपत्यका बाहिर पहिलो पटक कलेजो प्रत्यारोपण सेवा सुरु भएको हो।

गत चैत ८ मा भरतपुर महानगरपालिका–१० स्थायी घर भएकी धनकुमारी लामाको कलेजो सफलतापूर्वक प्रत्यारोपण गरिएको अस्पतालका निर्देशक डा. जयराम लम्सालले बताए।

लामालाई उनकी ३४ वर्षीय छोरी उषा तामाङले कलेजो दिएकी थिइन्। भारतको नयाँ दिल्लीस्थित एपोला अस्पतालका डा। निरभ गोयलको प्राविधिक सहयोगमा प्रत्यारोपण सेवा सुरु भएको अस्पतालले जनाएको छ।

प्रत्यारोपण गर्न १२ घन्टा लामो समय लागेको थियो। आमाछोरीको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको डा. लम्सालले बताए।

प्रत्यरोपण गर्ने टोलीमा डा. सञ्जय यादव, डा. एकानन्द सिंह, डा. प्रविण जोशी, डा. जयन्त कुमार साह थिए। प्रत्यारोपण टोलीमा एनेस्थेसियातर्फ डा. किरण अधिकारी, डा. सुरेश गौतम, डा. नविन यादव थिए।

यस्तै, हेपाटोलोजिष्ट डा. सागर पौडेल, डा. बरुण श्रेष्ठ, रेडियोलोजिष्ट डा. विज्ञान पौडेल, स्टाफ नर्स अन्जु थापा, श्रृती यादव, सलिना तिवारी, सूमि कार्की, अस्मिता थापा, पुष्पा थापा मगर, बायोमेडिकल इन्जिनियर प्रकास खतिवडालगायतको टोली थियो।

काठमाडौं उपत्यकामा त्रिवि शिक्षण अस्पताल तथा मानव अंग प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण सेवा हुँदै आइरहेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *