सङ्क्रमण बढ्दै गएमा परिस्थितिअनुसार लकडाउन हुने

सरकारले कोभिड–१९ को सङ्क्रमण बढ्दै गएमा परिस्थितिअनुसार नीतिगत निर्णय गरेर अगाडि बढ्ने बताएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले सङ्क्रमणको दर बढेको खण्डमा नीतिगत निर्णय गरेर सङ्क्रमणको चक्रलाई रोक्ने बताए।

तत्कालीन अवस्थामा सरकारले सही समय उचित निर्णय गरेको थियो। जसको कारण संक्रमणले तीब्रता लिन पाएन। अहिले त यो रोगका बारेमा सबै जानकार छन नि!’डा.अधिकारीले भने।

सरकारले सिमाना नाकामा कडाई, अनिवार्य परीक्षण गर्ने, आशंका गरेको व्यक्तिलाई क्वारेन्टाइनमा अनिवार्य रूपमा राख्ने प्रबन्ध मिलाएको छ।

अहिले त्यहीअनुसार कै रणनीति मार्फत् काम गर्दै जाने डा. अधिकारीको भनाई छ।

समय अनुसारको संक्रमण चक्रका लागि अन्य उपायले काम गरेन भने विज्ञहरूले तथ्यांक विश्लेषण गरेर दिएको आधारमा आवश्यक निर्णय सरकारले लिने छ,’ उनले भने, ‘अहिलेका लागि हामीसँग भएको जनस्वास्थ्यकै मापदण्ड पालना उचित हुन्छ।’

‘बन्दाबन्दी गर्नु सरकारको उद्देश्य, वाचा होइन, तर सङ्क्रमणको सङ्ख्या उच्च हुन गएमा सरकारले परिस्थितिअनुसार नीतिगत निर्णय गरेर सङ्क्रमणको चक्र रोक्नुपर्ने हुन्छ र सङ्क्रमणलाई भयावह रुपमा फैलिन नदिन हामी सबै सजग हुनुपर्छ,’ उनले भने ।

उनले जनस्वास्थ्यका मापदण्ड प्रयोग नगर्नाले सङ्क्रमणको दर बढिरहेको समेत बताए।

‘भीडभाड बढी हुनु, मास्कको प्रयोग नगर्नु, एक अर्का बीचको दूरी कायम नगर्नु, जुलुस, सभाजस्ता गतिविधि गरेकाले अहिले सङ्क्रमणको दर विस्तारै बढ्दै गएको छ,’ उनले भने।

कोभिड–१९ सङ्क्रमितको सङ्ख्या कमी आएको तर सङ्क्रमण जोखिम कम नभएको उनको भनाइ छ ।

उनले सधैँ साबुनपानीले हात धुन, भौतिक दूरी कायम राख्न र हातले नाकमुख छुनेजस्ता बानी घटाउनसमेत आग्रह गरे।

कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि गत वर्ष आजकै दिनदेखि बन्दाबन्दी भएको थियो।

अहिलेसम्म नेपालमा दुई लाख ७६ हजार २४४ सङ्क्रमति भएका छन्।

यस्तै दुई लाख ७२ हजार ९७ हजार निको र तीन हजार १९ जना सङ्क्रमणका कारण निधन भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय