अनलाइनमार्फत न्यून गुणस्तरका औषधि बेचिँदै, विभागको दियो बिक्री रोक्न निर्देशन

अनलाइनमार्फत औषधिको बिक्री वितरण रोक्न औषधि व्यवस्था विभागले निर्देशन दिएको छ।

विभागले सूचना जारी गर्दै अनलाइनलगायतका समाजिक सञ्जालमा फार्मेसी सेवाका नाममा गैरकानुनी रूपमा भइरहेको औषधि बिक्री वितरण तत्काल बन्द गर्न निर्देशन दिएको हो।

अनलाइन फार्मेसीमार्फत भ्रमात्मक प्रचार–प्रसार गरी औषधिको मूल्यमा छुट दिने लगायतका प्रभोलन देखाई बिक्री वितरण गर्ने कार्य बढिरहेको भन्दै विभागले उक्त औषधिमा गुणस्तर र सुरक्षितताको कुनै पनि ग्यारेन्टी नहुने हुनाले सर्वसाधारणलाई प्रयोग नगर्नसमेत अनुरोध गरेको छ।

औषधि ऐन २०३५, दफा १९ बमोजिम औषधिको झुट तथा भ्रामक प्रचार गर्न नहुने कानुनी व्यवस्था रहेकाले कानुन विपरीत भइरहेको अनलाइन औषधि बिक्री वितरण बन्द निर्देशन दिइएको छ।

‘समाजिक सञ्जालमा वा पत्रपत्रिकामा औषधि विज्ञापन गर्नुपूर्व औषधि ऐनका दफा १९ बमोजिम विभागबाट पूर्वअनुमति लिनुपर्ने हुन्छ,’ सुचनामा भनिएको छ, ‘गैरकानुनी काम गर्नेलाई कानुन बमोजिमको कारबाही हुनेछ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय