भारतले रोक्यो कोरोना खोपको निर्यात

भारत सरकारले खोप निर्यातमाथि अस्थायी रोक लगाएको छ। भारतले अक्सफोर्ड-एस्ट्राजेनेकाद्वारा विकसित कोरोना भ्याक्सिन कोभिसिल्ड  निर्यातकमथि रोक लगाएको हो।

भारतमा कोरोना भाइरस संक्रमितको संख्या तीव्र रुपमा बढीरहेकोले स्वदेशमै आवश्यक पर्ने हुँदा निर्यात रोकिएको भारतीय विदेश मन्त्रालयले जानकारी दिएको छ।

भारतको यो कदमले कोभ्याक्स योजनाअन्तर्गत रहेका करिब १९० राष्ट्रलाई असर गर्नसक्ने बताइएको छ विश्व स्वास्थ्य संगठनको नेतृत्वमा रहेको यो योजनाले सबै देशहरूमा खोप निष्पक्षरूपमा बाँडियोस् भन्ने उद्देश्य राखेको छ।

भारतले अहिलेसम्म ७६ देशमा गरी ६ करोड भन्दा बढी खोप निर्यात गरिसकेको छ र त्यसमा धेरै अक्सफोर्ड-एस्ट्राजेनेकाकै खोप रहेको छ।

भारतमा कोरोना संक्रमण तीव्र रूपमा बढिरहेका छ। गत बुधबारमात्रै  ४७ हजार बढीमा नयाँ संक्रमण फेला परेको छ भने २७५ को मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय