बुढेशकालमा जीवनलाई कसरी सक्रिय बनाउने?

जीवन निकै अनमोल छ। बचपन, जवानी र बुढेशकाल। जीवनका यी तीन महत्वपूर्ण उमेर हुन्।

जवानीपछि हामी बुढेशकालमा जान्छौं। उक्त उमेरमा हामीले जीवनका थुप्रै कष्ट झेल्नुपर्ने हुन्छ। थुप्रै रोगले हामीलाई घेर्छ। शरीरमा थुप्रै प्रकारका समस्या देखिन थाल्छन्।

६० पछिको उमेर मानिसका लागि कष्टकर हुनेगर्छ। हामीले जीवनलाई सधै स्वस्थ राख्नुछ भने नियमित रूपमा केही योगासन गर्नुपर्ने हुन्छ।

नियमित योग गर्दा हाम्रो शरीरमा निकै फाइदा पुग्छ। हामीले वाल पुशअप गरेर स्वास्थ्यलाई मजबुद बनाउन सक्छौं। यसले हाम्रो कन्धामा निकै फाइदा पुगाउँछ।

कन्धालाई कसिलो बनाइराख्छ। जसले गर्दा बुढेशकालमा पनि हाम्रो कन्धा झुल्लिदैन। हामीले दिवारबाट तीन फिल टाढा उभिएर दुबै हात दिवारमा राखेर हामीले यो अभ्यास गर्नसक्छौं।

यो अभ्यास गर्दा हामीले आफ्नो शरीलाई अगाडि लगेर झुक्ने प्रयास गर्नुपर्छ। एक पटकमा कम्तिमा यो अभ्यास १० पटकसम्म गर्नुपर्छ।

बुढेशकालमा कन्धा झुल्लिने समस्याबाट छुटकारा पाउनका लागि हामीले स्ट्रेचिङ्ग गर्न सक्छौं।

यसका लागि सुरुमा हामी सिधा जमिनमा उभिनुपर्छ। एक हातलाई अर्को काधतर्फ लैजानुपर्छ। त्यसपछि अर्को हातले मोडिएको हातको कुहिनो समात्नपर्छ। र, धकेल्ने प्रयास गर्नुपर्छ।

यस्तो गर्दा नसा तन्किन पुग्छन्। त्यसैले यो अभ्यासलाई नियमित गर्नुपर्छ।

उमेर बढ्दै गर्दा हामीले काम गर्न छोड्छौं। यसले शरीरमा आलश्य पैदा गरिदिन्छ। र, विभिन्न स्वास्थ्य समस्या देखिन थाल्छन्। त्यसैले हल्काफुल्का घरको काम गर्नुपर्छ।

घरमा बस्नुको साटो नियमित बिहान पार्कमा डुल्न सकिन्छ। यस्तो गर्दा शरीर सक्रिय बन्छ।

उमेर बढ्दै गर्दा खुट्टामा पनि थुप्रै समस्या देखिन थाल्छन्। खुट्टामा दुखाई हुनुका साथै हिडडुल गर्न समस्या हुन्छ। त्यसैले हामीले नियमित व्यायाम गर्नुपर्छ।

हामी कुर्सीमै बसेर खुट्टालाई थोरै माथि उठाउँदै बिस्तारै घुमाउन सक्छौं। दुबै खुट्टालाई पालैपालै यसरी घुमाउन सक्छौं। यसले मांशपेशि र हड्डिलाई बलियो बनाउँछ। हामीले यो अभ्यासलाई नियमित रूपमा गर्नुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय