भारतमा कोरोना बढेपछि कञ्चनपुर प्रशासनले जारी गर्‍यो ९ बुँदे आदेश

भारतका विभिन्न प्रान्तमा कोरोना संक्रमण तीव्र रुपमा बढ्न थालेपछि सीमावर्ती कञ्चनपुरले ९ बुँदे आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले चैत १० गते राति १२ बजेदेखि अर्को व्यवस्था नभएसम्मका लागि लागू हुने गरी आदेश जारी गरेका हुन्।

प्रशासनले निकट रहेको फागूपूर्णिमालगायतका कुनै पनि मेला, पर्व, महोत्सव, जात्रा आदिमा भीडभाड गर्न र मानिसहरु भेला हुन र जुलुस गर्न रोक लगाएको छ।

यस्तै, धार्मिक तथा सामाजिक स्थलमा सामाजिक दूरीलगायत जनस्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण पालना गर्नुपर्ने र अत्यावश्यकवाहेकका व्यापार, व्यवसाय, उद्योग, कलकारखाना, यातायातलगायतका सेवा एवं मानिसको आवागमन बिहान ४ बजदेखि राति १० बजेसम्ममात्र जनस्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी गर्नपाउने व्यवस्था गरिएको छ।

कञ्चनपुर जिल्लास्थित अन्तर्राष्ट्रिय सीमानामा रहेका नेपाल प्रवेश गर्ने गड्डाचौकी र गौरीफन्टा नाकाबाट मापदण्डबमोजिम यात्रुहरुको आगमन र मालसामानको ढुवानी व्यवस्था बिहान ६ बजदेखि बेलुकी ८ बजेसम्म कायम हुने गरी निरन्तरता दिने र यीबाहेकका सबै प्रवेशविन्दु र खुला सीमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुहरुको आवागमन पूर्ण रुपमा बन्द गर्ने निर्णय कञ्चनपुर प्रशासनले गरेको छ।

दुई नाकाबाट नेपाल प्रवेश गर्ने सबै नेपाली नागरिक र पूर्वस्वीकृतिप्राप्त भारतीय नागरिकको अभिलेख राख्ने र नाकामा रहेका सबै हेल्थ डेस्कबाट अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय