कोरोनाको संक्रमण तीव्र भएपछि भारतले ल्यायो नयाँ निर्देशिका

भारतमा कोरोनाभाइरसको संक्रमण  फेरि तीव्र रूपमा वृद्धि भएपछि नयाँ निर्देशिका जारी गरिएको छ। केन्द्रीय सरकारले मंगलबार नयाँ निर्देशिका जारी गर्दै महामारी नियन्त्रणका उपायहरू अपनाउन सबैलाई आह्वान गरेको छ।

भारतमा पछिल्लो विवरणअनुसार थप ४० हजार ७१५ जना नयाँ संक्रमित भएका छन् भने थप १९९ जनाको कोरोनाका कारण निधन भएको छ। गत जनवरीको अन्त्यतिर दैनिक नयाँ संक्रमितहरूको संख्या घटेर ९ हजारसम्म पुगेकोमा भारतमा अहिले ४० हजारभन्दा बढी पुगेको हो।

अघिल्लो हप्तादेखि नयाँ संक्रमितहरूको संख्यामा एकाएक तीव्र वृद्धि हुँदै आएको तथ्यांकमा देखिएको छ।

नयाँ निर्देशिका मंगलबार जारी गरिएको भए पनि लागू भने अप्रिलदेखि मात्रै हुने सरकारी अधिकारीहरूले जानकारी दिएका छन्। निर्देशिका लागू हुन थालेपछि देशभरी नै परीक्षणको दायरासमेत अझ बढाइने उनीहरूको भनाइ छ।

गृह मन्त्रालयद्वारा जारी वक्तव्यमा देशका सबै भागमा कोरोनभाइरसविरुद्ध अपनाउनु पर्ने सबै मापदण्ड पालना गर्न/गराउन सबैलाई आग्रह गरिएको छ।

कोरोनाको परीक्षण, खोप लगाउने अभियानसँगै सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, नियमित हात धुने वा सेनिटाइजर लगाउनेलगायतका आधारभूत स्वास्थ्य सतर्कताहरू पनि पालना गर्न सरकारले सबैलाई आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय