फेरि बढ्दै कोरोना संक्रमण, आज माघ २० यताकै सर्वाधिक संक्रमित

नेपालमा कोरोना संक्रमितको संख्या माघ २० यता पछिल्लो २४ घन्टामा उच्च संख्यामा संक्रमित फेला परेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १ सय ८८ जनामा संक्रमण पुष्टि भएको छ।

४ हजार ३२ जनामा पीसीआर परीक्षण गर्दा १ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो ।

केहि महिनायता संक्रमण दुई संख्यामा झरेको थियो। तर, भारतमा कोरोनाको दोस्रो लहर आएसँगै नेपालमा पनि संक्रमणदर बढ्दै गएको छ।

पछिल्लो समय नेपालमा हरेक दिन १ सयभन्दा कम संक्रमित फेला पर्न थालेका थिए । तर, दुई दिन यता संक्रमितको संख्यामा बृद्धि भइरहेको छ । सोमबार १५० जनामा संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार पछिल्लो समय लगातार संक्रमितको संख्या घटिरहेको नेपालमा सोमबारबाट फेरि बढ्न सुरू गरेको छ।

मन्त्रालयका अनुसार माघ २० गते नेपालमा १७१ जनामा कोरोना संक्रमण देखिएको थियो। त्यसपछि दिनमा संक्रमित संख्या विस्तारै घट्दै गएको थियो।

त्यस्तै, कोरोना संक्रमित मृतकको संख्या ३ हजार १९ पुगेको छ।

हाल ४८ जना क्वारेन्टाइनमा छन्।

गत २४ घण्टामा ७७ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७२ हजार ९७ जना पुगेको मन्त्रालयले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय