चीनबाट फर्केका एमबिबिएस विद्यार्थीको काउन्सिलमा धर्ना

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ चैत १० गते १५:४९

कोरोना संक्रमणसँगै गत वर्ष चीनबाट फर्केका एमबिबिएस अध्ययनरत विद्यार्थी आन्दोलित बनेका छन्। नेपालमै इन्टर्नसिप गर्न पाउनुपर्ने मागसहित उनीहरू आन्दोलित बनेका हुन्।

आन्दोलित विद्यार्थीले आफूहरूका मागसहित नेपाल मेडिकल काउन्सिलमा धर्ना दिएका छन्।

चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनरत १ सय ५२ जना विद्यार्थीहरूले इन्टर्नसिप पुरा नभएको र तत्काल चीन फर्कन पाउने सम्भावना नरहेकाले आफ्नो मागमा गम्भीर हुन सरोकारवालालाई आग्रह गरेका छन्।

उनीहरूले ६ महिना अगाडि नै चिकित्सा शिक्षा आयोग, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा समस्यासहितको पत्र पठाइएमा सम्बोधन नभएकाले आन्दोलन गर्नुपरेको गुनासो गरेका छन्।

यसले गर्दा उनीहरूलाई काउन्सिलले लिने लाइसेन्स परीक्षाको लाइसेन्स पाउन गाह्रो भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय