खोप लगाएका एक पुरुषमा कोरोना पुष्टि

नेपालमा कोरोनाविरुद्धको खोप लगाएका एकजनामा संक्रमण पुष्टि भएको छ।

फागुन २३ मा खोप लगाएका व्यक्तिमा संक्रमण पुष्टि भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले जानकारी दिए।

काठमाडौंका ७५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको उनले बताए। उनले ती पुरुषमा इम्युनिटी बन्नु अघि नै वा खोप लगाउनु भन्दा पहिले नै संक्रमण भएको हुनसक्ने बताए।

भण्डारीका अनुसार ति पुरुषमा निमोनिया, खोकी लगायत लक्षण देखिएको छ।

खोप लगाउनासाथ इम्युनिटी नबन्ने भएकाले सचेत रहन उनले आग्रह गरेका छन्।

‘एउटै भ्याक्सिन लगाउँदैमा इम्युनिटी बन्ने होइन। खोपले ७० प्रतिशत काम गर्न दोस्रो डोज लगाउनुपर्छ। त्यसैले सधै स्वास्थ्य सावधानी अपनाऔं’, उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय