के धेरै कागती पानी पिउनुहुन्छ? स्वास्थ्यलाई गर्ला असर

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ चैत १० गते ९:५६

गर्मी मौसममा मानिसले धेरै जसो कागती पानी पिउने गरेका हुन्छन्। गर्मीमा शरीरमा चिसोपन तथा उर्जा ल्याउनका मानिसले कागती पानी पिइरहेका हुन्छन्।

कागती पानीले पाचनप्रणालीलाई बलियो बनाउँछ। तर, कागती पानीले शरीरमा थुप्रै हामी पुर्याउँछ भन्ने कुरामा पनि हामी सजग हुन जरुरी छ।

धेरै कागती पानीको सेवनले दाँतलाई हानी पुग्नसक्छ। विशेषज्ञका अनुसार कागती पानीमा एसिडिक पाइन्छ। यसको धेरै सेवनले दाँत माथिको भागमा क्षति पुगाउन सक्छ।

यस बारेमा २०१५ मा अमेरिकन डेन्टल एसोशिएसनले एक रिपोर्ट पनि तयार गरेको थियो। जसमा दाँतमा सिधै कागती पानीको स्पर्श नहुने गरि पिउन भनिएको थियो।

धेरै कागति पानीले मुखको छाला निकाल्ने जोखिम हुन्छ। यसले गिजामा पनि असर पुगाउन सक्छ।

अत्याधिक कागती पानीको सेवनले छातिमा जलन हुने सम्भावना पनि हुनसक्छ। कागतीमा भिटामिन सी पाइन्छ। पेटमा भिटामिन सीको मात्रा बढी हुँदा अम्लिएपन बढ्ने हुन्छ। यस कारण छातिमा जलन हुने वा ग्यास्ट्रिकको समस्या हुनसक्छ।

कति मात्रामा कागती पानी पिउने भन्ने कुनै निष्कर्ष हुँदैन। तर, चिकित्सकहरूले एक दिनमा धेरै पानी पिउन नहुने सुझाव दिँदै आएका छन्। र, कागती पानी पिइसकेपछि सफा पानीले कुल्ला गर्नुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय