नेपालमा फेरि कोरोना संक्रमितको संख्या तीन अंकमा पुग्यो

पछिल्लो २४ घण्टामा नेपालमा १ सय ५० जना कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज थपिएका सहित नेपालमा २ लाख ७६ हजार ५६ जनामा संक्रमण पुष्टि भएको छ।

सोमबार १ हजार १७ जना सक्रिय संक्रमित भएको मन्त्रालयको तथ्यांक छ।

पछिल्लो केहि महिना यता संक्रमण दर न्यून थियो। तर, भारतमा संक्रमणको दोस्रो लहर आएसँगै नेपालमा पनि संक्रमण बढ्दै गएको विज्ञले आकंलन गरेका छन्।

नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख ४० हजार ९ सय ९८ पुगेको छ।

गत २४ घण्टामा २ जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार १९ पुगेको छ। हाल ५१ जना क्वारेन्टाइनमा छन्।

गत २४ घण्टामा ९९ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७२ हजार २० जना पुगेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय