निजी कम्पनी खोप ल्याउन तयार भएनन्, एक साता पुन समय थपियाे

सरकारले कोभिड १९ विरुद्धको खोप आयातका लागि आवेदन दिनका लागि एक साता थप गरेको छ।

यसअघि औषधि व्यवस्था विभागले निजि कम्पनीलाई खोप ल्याउनका लागि बाटो खुल्ला गरेको थियो।

विभागले चैत २ मा एक सूचना जारी गर्दै खोप ल्याउन आवेदन दिन ७ दिनको समय दिएको थियो।

तर, उक्त समयसम्म पनि कुनै आवेदन नपरेको कारण विभागले पुन समय थप गरेको हो।

औषधि व्यवस्था विभागले भारतको बायोटेकले उत्पादन गरको ‘कोभ्याक्सिन’ आकस्मिक प्रयोगका लागि अनुमति दिएको छ।

त्यसैगरी,भारतीय कम्पनी सेरम इन्स्टिच्युटले उत्पादन गरेको ‘कोभिसिल्ड’ र चिनियाँ कम्पनीले उत्पादन गरेको सिनोफार्म नामक खोपले पनि आकस्मिक अनुमति पाएका छन्।

‘कोभिड १९ खोपको आपतकालीन प्रयोग र आयात अनुमति प्रदान गर्ने सम्बन्धमा यस विभागबाट मिति २०७७–१२–२ गतेमा प्रकाशित भएको थियो,’ सूचनामा भनिएको छ, ‘सार्वजनिक सूचनाको हकमा आजका दिनसम्म कुनै पनि रितपूर्वक आवेदन प्राप्त नभएको देखिएकाले थप सात दिनको अवधि कायम हुने गरी थप गरिएको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय