कोरोना संक्रमण दर बढेसँगै सरकारले लगायो सभा, जुलस र भेलामा रोक

देशभर कोरोना संक्रमण दर बढ्न थालेपछि सरकारले सभा, जुलस, भेला, र्‍याली, बैठक तथा जमघटमा रोक लगाएको छ।

स्वास्थ्य मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै सभाजुलुस गर्न रोक लगाएको हो।

भारतमा कोरोना संक्रमण बढ्न थालेपछि नेपालमा पनि संक्रमण फैलिने अवस्थालाई मध्यजनर गर्दै यो निर्णय गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयले कोरोना संक्रमणबाट जोगिनका लागि साबुन पानीले हात धुने र सेनिटाइजरलगायत जनस्वास्थ्यको मापदण्ड पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

नेपालमा आइतबार ७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल कूल परीक्षणको ३ प्रतिशतभन्दा बढीमा संक्रमण देखिएको छ।

 

 

 

One thought on “कोरोना संक्रमण दर बढेसँगै सरकारले लगायो सभा, जुलस र भेलामा रोक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय