कांग्रेस नेता जोशीका परिवारले गरे सरकारी सहयोग अस्वीकार

सरकारले नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारका लागि दिने भनेर घोषणा गरेको १० रुपैयाँको सहयोग परिवारले अस्वीकार गरेका छन्।

मस्तिष्कघात भई नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीलाई उक्त सहयोग दिनेबारे गत बिहीबारको मन्त्रिपरिषद्को बैठकले गरेको थियो।

जोशीका स्वकीय सचिव पुष्कर पाण्डेले सरकारले दिने भनेको उक्त रकम परिवारले अस्वीकार गरेको बताए।

‘मन्त्रिपरिषद्कोे १० लाख दिने निर्णय गरेको रहेछ,’ पाण्डेले भने, ‘उहाँका परिवारका सदस्यले उक्त रकम लिन अस्वीकार गर्ने बताउनुभएको छ।’

सो रकम विपन्न वर्गको स्वास्थ्य उपचारका लागि खर्च गर्न पाण्डेले आग्रह गरेका छन्।

१४ फागुनमा मस्तिष्कघात भएपछि जोशीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय