स्वास्थ्यमा गम्भीर असर गर्ने स्यानिटाइजर बजारमा छ्यापछ्याप्ती, थप ४ वटामा प्रतिबन्ध

औषधी व्यवस्था विभागले दुई कम्पनीको ह्याण्ड स्यानिटाइजरमा बिक्री वितरण गर्न प्रतिबन्ध लगाएको छ।

बाराको डाबर नेपाल प्रालि बाराको डाबर इन्सटेन्ट र आर्या फार्मल्याब प्रालिको क्लिन वेल इन्सटेन्टले उत्पादन गरेको ४ प्रकारका ह्याण्ड स्यानिटाइजरमा न्यून गुणस्तर भएको पाइएको छ।

औषधि व्यवस्था विभागले अनुगमनका क्रममा बाराको दुई उद्योगका चार स्यानिटाइजर न्यून गुणस्तर पाइएको जनाएको छ।

विभागले एक सू्चना जारी गरी सर्वसाधारणले प्रयोग नगर्न नराउन र त्यस्ता स्यानिटाइजरहरूको उत्पादन तथा बिक्रीवितरण अबिलम्ब रोक्न पनि सरोकारवालाइ निर्देशन दिएको छ।

डाबर नेपाल प्रालि बाराको डाबर इन्सटेन्ट ह्याण्ड स्यानिटाइजर एक लिटर र ७५ मिलिलिटर, आर्या फार्माल्याब प्रालिको क्लिन वेल इन्सटेन्ट ह्याण्ड स्यानिटाइजर ५ सय र १ सय एमएलको स्यानिटाइजर न्यून गुणस्तरको पाइएको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय