नियोन ल्याबोटोरिज लिमिटेडले दर्ता नगरि नक्कली औषधि बेच्दै, प्रयोग नगर्न विभागको आग्रह

नियोन ल्याबोटोरिज लिमिटेडले उत्पादन गरेको औषधि न्युन गुणस्तरको भएको पाइएको छ।

उक्त कम्पनीले उत्पादन गरेको ‘नियोलोर ल्याराजेपम इजेक्शन’ नक्कली भएको पुष्टि भएको हो।

औषधि व्यवस्था विभागले अनुगमनको क्रममा संकलन गरेको सो औषधिको नुमना परीक्षण गर्दा न्युन गुणस्तरको पाइएको जनाएको छ।

उक्त औषधिकाे  दर्ता समेत नभएको विभागका महानिर्देशक भरत भट्टराईले बताए।

‘नियोलोर ल्याराजेपम इजेक्शन विभागमा दर्ता समेत छैन। साथै, लेबल भएअनुसारको औषधि भएको पाइन,’ उनले भने, ‘सो औषधि नक्कलीसमेत भएको पुष्टि भएको छ।’

उनले उक्त औषधि नक्कली भएकाले सिफारिस, बिक्रि वितरण तथा प्रयोग नगर्न आग्रह गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय