कोरोना रिटर्न : लगाइसकेको खोपले काम गर्छ कि गर्दैन?

भारतमा कोरोनाको दोस्रो लहर फैलिएसँगै त्यसको त्रासमा नेपाल बढेको छ।

भारतले त्यहाँ फैलिरहेको भाइरस नयाँ भेरिएन्ट हो या पुरानाे भन्ने बारे प्रस्ट रुपमा नखुलाए पनि त्यसको त्रास नेपालमा समेत बढेको छ।

उता युरोपका थुप्रै देशमा नयाँ भेरिएन्ट फैलिरहेको छ। भारतमा फैलिएको भेरिएन्ट पनि नयाँ हुनसक्ने आशंका गरिएको छ।

यहिबीचमा लगाइसकेको कोरोना खोपले नयाँ भाइरसलाई काम गर्छकी गर्दैन भन्ने बारेमा पनि मानिसमा दुविधा बढ्दै गएकाे छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट डा. अनुप बाँस्तोला साउथ एसिएन भेरिएन्टलाई लगाइएको भ्याक्सिनले कम काम गर्ने कुरा बाहिरिएको बताउँछन्।

यस विषयमा थप अध्ययन पनि भइरहेका छन्। खोप लगाइसकेको अवस्थामा सिकिस्त निमोनिया नहुनसक्छ। तर,  संक्रमित भएर अरुलाई सार्नसक्ने जोखिम बढि हुन्छ, उनले भने।

खोपले शरीरमा काम नगरेको अवस्था पनि हुने भएकाले खोप लगाइहाले भनेर स्वास्थ्य सावधानी नै नअपनाउनु गलत धारणा रहेको उनले बताए।

खोपले  शरीरमा काम नगरेको भए  जोखिममा हुनसक्छु  भन्ने  ठान्नुपर्छ। खोपले शत प्रतिशत काम गर्ने होइन। त्यसैले स्वास्थ्य सावधानी अपनाउनुपर्ने  भनिएकाे हाे, उनले भने।

खोप सहज रूपमा पाउने अवस्था नभएकाले स्वास्थ्य सावधानी नै अपनाउनुपर्ने उनी बताउँछन्।

उनी भेरिएन्टको पछि नलागेर कोरोनासँग डराउन आग्रह गर्छन्। जुनसुकै भेरिएन्ट पनि उत्तिकै जोखिमपूर्ण हुनेभएकाले स्वास्थ्यसावधानी अपनाउन डा. बाँस्तोलाको आग्रह छ।

नेपालमै पनि नयाँ भेरिएन्ट फैलिएको कुरा सञ्चारमाध्यममै आइसकेको अवस्थामा उच्च सावधानी अपनाउन उनी सुझाव दिन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय