भारतबाट आएका एकजनामा संक्रमण पुष्टि, नयाँ भाइरसको आशंका

कञ्चनपुरको गड्डाचौकी नाका हुँदै नेपाल भित्रिएका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ।

गड्डाचौकी नाकामा एन्टिजेन्ट परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको सुदूर पश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले बताए।

उनलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको डा. अवस्थीले बताए। उनी बैतडीको दोगडाकेदार गाउँपालिकाका नागरिक हुन्।

कोरोना पुष्टि भए पनि नयाँ भाइरस भए नभएको परीक्षणपछि मात्रै थाहा हुने डा. अवस्थीले बताए।

यसअघि निर्माण भएका आइसोलेशन बन्द भइसकेको अवस्थामा उनलाई कहाँ राख्ने भन्ने अन्यौल देखिएको छ।

भारतमा कोरोना संक्रमण बढेसँगै नेपाल आउनेको संख्या बढेको छ। योसँगै कोरोना संक्रमित फेला परे कहाँ राख्नेभन्ने अन्यौलता बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय