नविन्द्रराज जोशीको स्वास्थ्यवस्था बुझ्न देउवा अस्पताल पुगे

मस्तिस्कघात भएर उपचाररत कांग्रेस नेता नविन्द्रराज जोशीको स्वास्थ्यवस्था बुझ्न सभापति शेरबहादुर देउवा अस्पताल पुगेका छन्।

फागुन १४ गतेदेखि थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत जोशीको स्वास्थ्यवस्था बुझ्न सभापति देउवा शनिबार साँझ अस्पताल पुगेका हुन्।

सभापति देउवाले नेता जोशीकी धर्मपत्‍नी र परिवारका सदस्यलाई भेटेर धैर्य नआत्तिन आग्रह गरेका थिए। जोशी चाँडै निको हुने विश्‍वास व्यक्त गर्दै सभापति देउवाले शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए।

जोशीको स्वास्थ्य अवस्था बुझ्‍न सभापति देउवासहित पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरलगायत अस्पताल पुगेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय