नेपाल फेरि कोरोना संक्रमणको उच्च जोखिममा, यस्तो छ सरकारी तयारी

भारतमा कोरोना संक्रमण विस्तारसँगै नेपालमा थप जोखिम बढेको छ।

भारतमा भएको संक्रमणको बढ्दो क्रमलाई हेर्दा अबको दुई सातापछि नेपालमा पनि संक्रमण बढ्ने विज्ञले अनुमान लगाएका छन्।

भारतका विभिन्न राज्यमा स्थानीय सरकारले लकडाउन गरेसँगै त्यहाँ काम गरिरहेका नेपाली पुनः स्वदेश फर्किने क्रम बढेको छ।

समयमा सीमा कडाई तथा क्वारेन्टाइन व्यवस्थापन नगरे पहिलेकाे जस्तै भयावह अवस्था आउनसक्ने जनस्वास्थ्य विज्ञहरूले चेतावनी दिइरहेका छन्।

सरकारले संक्रमण रोक्न सीमा जाँचमा कडाई गरेको छ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण प्रसाद पौडेलले भारतबाट आउने १४ नाकामा हेल्थ डेस्क सक्रिय बनाइएको बताए।

‘भारतका विभिन्न प्रान्तमा पुन  कोरोना संक्रमण फैलिएको छ। केही स्थानमा लकडाउन समेत भएको छ,’ डा. पौडेलले भने, ‘यसले नेपालमा संत्रमण फैलिने जोखिम बढेको छ।’

केही दिनयता भारतका महाराष्ट्र, गुजरात, मध्यप्रदेश, उत्तरखण्डमा संक्रमणको बढ्दै गएको छ।

नेपालमा संक्रमण फैलिन नदिन नेपाल–भारत सीमा गड्डाचौकी, गौरीफन्टा, रुपैडिया, कृष्णनगर, भैरहवालगायत स्थानमा हेल्थडेस्क व्यवस्थित गर्न प्रदेश र जिल्लासँग समवन्यमा भइरहेको उनले बताए।

‘भारतबाट आउने व्यक्तिको एन्टिजेनमार्फत परीक्षण गर्ने, अभिलेख व्यवस्थित राखिने छ,’ पौडेलले भने, ‘बाहिरबाट आएका मानिसलाई स्थानीय तहमा १० दिन क्वारेन्टाइनमा राख्न पनि पत्रचार गरिसकेका छौं।’

हाल विदेश जाने परीक्षण जाने त मात्रैको परीक्षण भइरहेको छ।

उनका अनुसार अब कोरोना संक्रमण जोखिम रहेको हुँदा परीक्षणलाई तीब्र बनाउनुपर्ने छ।

यसअघि पनि भारतमा तीव्र भएको दुई–तीन सातापछि नेपालमा संक्रमण बढेको थियो।

‘हिजोका दिनमा भारतमा तीव्र भएको दुई–तीन सातापछि नेपालमा सक्रमण ह्वातै बढेको थियो,’ डा. पौडेलले भने, ‘ भारतमा लकडाउन हुँदा नेपाल आउने संख्या पनि बढ्न सक्छ। यसको लागि केही दिन तथ्यांक हेर्नुपर्ने हुन्छ।’

डा। पौडेलले खोपको उपलब्धता भएमा नेपाल भित्रिने मानिसलाई खोप दिएर मात्रै प्रवेश गराउने कुरा भइरहेको बताए।

हाल दैनिक दुई हजारदेखि चार हजार पिसिआर परीक्षण गर्दा संक्रमण दर २–३ प्रतिशत हाराहारी देखिएको छ। यो दर पनि विदेश जानुपर्ने, शल्यक्रिया गराउनुपर्ने वा जटिल लक्षण देखिएकाले गर्ने गरेका छन्।

नयाँ–नयाँ भेरियन्टहरू देखिरहेको अवस्थामा अहिले भारतमा संक्रमण बढिरहदा त्यो नयाँ भेरियन्ट हो कि पुरानै हो भन्ने पुष्टि नभएकाले चनाखो र सतर्क हुनपर्ने उनको भनाई छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिन सिक्वेन्सिङका लागि मेशिन आइसकेको तथा विभिन्न विश्व विद्यालयहरू रहेका मेशिनको सदुपयोग गरि यही नै जिन सिक्वेन्सिङ गरिने पौडेलले बताए।

‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, नास्ट, त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले सहकार्य गरि जिन सिक्वेन्सिङ गरिने छ,’ पौडेलले भने।

भारतमा संक्रमण बढेकाले नयाँ भेरियन्टको जोखिम झनै बढ्को छ।

नेपालमा संक्रमण फैलिने जोखिम भएकाले अनिवार्य मास्क लगाउन, सामाजिक दुरी कायम गर्नुपर्ने छ।

शनिबारसम्म मुलुकमा २ लाख ७५ हजार ७ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रयोगशाला प्रमाणित कोभिड देखिएका मध्ये ३ हजार १६ जना अर्थात १.०९ प्रतिशतको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय