अधिकांशको समायोजन मागअनुरूप, १० दिनभित्र पत्र पाउने

फाइल फोटो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजनको काम १० दिनभित्र टुङ्गो लगाइसक्ने जनाएको छ।

मन्त्रालयका सहसचिव दामोदर रेग्मीले समायोजनको टुङ्गो १० दिनभित्र सक्ने बताए।

२०७७ फागुनभित्र अनलाइन प्रणालीमार्फत प्राप्त भएका निवेदन उपर काम भइरहेको उनले बताए। ‘१२ सयभन्दा बढीको समायोजनको काम भइसकेको छ,’ रेग्मीले हेल्थपोस्टसँगको कुराकानीमा भने, ‘बाँकी रहेकाको काम ७–१० दिनमा सकिन्छ।’

उनकाअनुसार अधिकांश व्यक्तिको मागअनुरुप नै समायोजन भएको छ।

२ हजार ४ सय कर्मचारीले समायोजन मिलानका लागि निवेदन दिएका थिए।

जसमध्ये दुई–तीन सयको हाराहारीमा कागजात नपुगेको मन्त्रालयले जनाएको छ।

‘केही व्यक्तिको कागजात पुगेको छैन। यही बीचमा इमेलमार्फत उपलब्ध गराउनु भयो भने काम हुन्छ,’ रेग्मीले भने, ‘उहाँहरूले समायोजन मागेको ठाउँभन्दा फरक गर्दैनौं। मागेको ठाउँमा दरबन्दी खाली भएकाे हुनुपर्दछ। जाने र छोड्ने ठाउँको सहमति चाहिन्छ।’

सबै टुङ्गो लगाएर मात्रै लिष्ट निकाल्ने उनले बताए।

रेग्मीले भने, ‘समायोजनको दुई चरणको होमवर्क सकिएको छ। मन्त्रालयले अनलाइनमार्फत नै समायोजन पत्र उपलब्ध गराउने छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय