‘कोभ्याक्सिन’ खोपलाई पनि नेपालमा आकस्मिक प्रयोगको अनुमति

भारतको बायोटेकले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोप ‘कोभ्याक्सिन’ ले नेपालमा आकस्मिक प्रयोगका लागि अनुमति पाएको छ।

औषधी व्यवस्था विभागको बैठकले ‘कोभ्याक्सिन’ खोपलाई आकस्मिक प्रयोगको अनुमति दिएको प्रवक्ता सन्तोष केसीले जानकारी दिए ।

कम्पनीले सबै प्रक्रिया पूरा गरेपछि औषधि सल्लाहकार समितिको सिफारिस र मन्त्रिपरिषदले विगतमा गरेको निर्णयको आधारमा खोपलाई अनुमति दिएको केसीले बताए।

यसअघि नेपालमा भारतीय कम्पनी सेरम इन्स्टिच्युटले उत्पादन गरेको ‘कोभिसिल्ड’ र चिनियाँ कम्पनीले उत्पादन गरेको सिनोफार्म नामक खोपले मात्र आकस्मिक अनुमति पाएका छन्।

नेपालमा हालसम्म १७ लाख मानिसलाई कोरोना विरुद्दको खोप दिइएको छ।

कोभ्याक्सिन १८ वर्षमाथिका व्यक्तिलाई दिइनेछ भने यो खोपलाई २ देखि ८ डिग्रि सेल्सियस तापक्रममा भण्डारण गर्न मिल्ने विभागले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय