विश्वको सबैभन्दा खुसी देश फिनल्याण्ड, नेपाल कति?

विश्वको सबैभन्दा खुसी देश फिनल्याण्ड देखिएको छ। संयुक्त राष्ट्रसंघको अध्ययनले फिनल्याण्ड विश्वकै सबैभन्दा बढी खुसी भएको राष्ट्रका रुपमा देखाएको हो।

यस्तै डेनमार्क, स्विजरल्याण्ड, आइसल्याण्ड, नेदरल्याण्ड, नर्वे, स्वीडेन, लक्जमवर्ग, न्युजिल्याण्ड र अष्ट्रिया क्रमश: दोस्रोदेखि दशौं स्थानसम्म रहेका छन्।

अध्ययन १४९ देशमा गरिएको थियो। जसमा त्यहाँका नागरिकलाई खुसीको रेटिङ गर्न भनिएको थियो। रेटिङका लागि सामाजिक जीवन, व्यक्तिगत स्वतन्त्रता, जिडिपी, भ्रष्टाचारजस्ता सूचकहरु राखिएका थिए।

अध्ययनमा  एक तिहाई भन्दा बढी देशका कोरोनाको नकारात्मक भावना बढी पाइएको देखिएको छ। जसले उनीहरुको खुसीलाई केही कम गरेको छ।

के छ नेपालको अवस्था?

नेपाल सूचीको ८७ औं स्थानमा रहेको छ। नेपालले कूल ५.२६९ अंक रहेको छ। नेपालको यो रेटिङ २०१८/१९ लाई आधार मानेर निकालिएको हो। नेपालमा २०२० मा सर्वेक्षण भएन।

नेपालको अवस्था दक्षिण एसियाली मुलुकमै पहिलो रहेको छ। नेपालपछि माल्दिभ्स ८९ औं स्थानमा, बंगलादेश १०१, पाकिस्तान १०५, श्रीलंका १२९ र भारत १३९ औं स्थानमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय