‘सरकारले भारतको दबाबमा परेर चीनले दिएको खोप ल्याएन’

भारतको दबाबमा परेर सरकारले चीनबाट अनुदानमा दिइएको खोप नल्याएको आरोप सांसदहरुले लगाएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै कही सासंदले यस्तो आरोप लगाएका हुन्।

माओवादी केन्द्रकी सांसद पम्फा भुसालले तीन करोड जनतालाई खोप चाहिनेमा १७ लाखलाई लगाएर सरकार सुतेर बसेको आरोप लगाइन।

कोभिडको खोप ३ करोड जनतालाई चाहिएको छ। १७ लाख भ्याक्सिन ल्याएर मात्रै छुट पाइँदैन। जनता प्रतिको दायित्व पुरा हुन सक्छ,’ उनले भनिन्, ‘छिमेकी देशले

दिएको उपहार खोप पनि सरकारले ल्याउन सकिएको छैन। चीनले अनुदानमा दिएको भ्याक्सिन किन ल्याइएन? यही हो सन्तुलित परराष्ट्र नीति?।’

त्यसैगरी, सांसद प्रेम सुवालले भारतको दबाबमा परेर सरकारले चीनबाट खोप नल्याएको आरोप लगाएका छन्।

चीनले अनुदानमा दिएको ८ लाख डोज खोप बेइजिङ विमानस्थलमा अलपत्र परेको छु।भारतको दबाबमा परेर सरकारले चीनबाट खोप नल्याएको सुनिएको छु,’ उनले भने।

कोरोना खोप खरिद गर्दा समेत १० प्रतिशत कमिसनको कुरा चलिरहेको उनले आरोप लगाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय